काठमाडौ, जेठ १५ गते । बिहीवार दिउंसोसम्म १ सय ५६ संक्रमित थपिए संगै देशभरिमा संक्रमितको संख्या एक हजार ४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १७ जिल्लामा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
बिहीवार देखिएका सङ्क्रमितको सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी रहेको छ । यसअघि बुधबार पनि १ सय १४ जनामा सङ्क्रमण देखिएको थियो । बिहीवार सोलुखुम्बु र दोलखामा समेत थप संक्रमण देखिएको छ । सङ्क्रमति भएका जिल्लाको संख्या ५१ पुगेको जानकारी समेत उनले दिए । सङ्क्रमण देखिएकामध्ये ९४० र महिला १०२ जना रहेका छन् ।
सङ्क्रमति व्यक्तिमध्ये प्रदेश १ का ८ जिल्लाका १ सय २९, प्रदेश २ का सबै ८ जिल्लाका ४ सय १५, वाग्मती प्रदेशका १२ जिल्लाका ४४, गण्डकी प्रदेशमा ४ जिल्लाका १७, प्रदेश ५ का ९ै जिल्लाका ३ सय ६९, कर्णाली प्रदेशमा ३ जिल्लाका ४७ र सुदूरपश्चिम प्रदेशका ७ जिल्लाका २१ जना रहेका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ३२ र ४७ जना पुरुष छन् । यसैगरी कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका १६ वर्षदेखि ४२ वर्षसम्मका २५ जनामा सङ्क्रमण देखिएको छ ।
भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरका १९ वर्षका एक जनामा सङ्क्रमण देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोशगालामा गरिएको परीक्षणमा ७७ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । ती मध्ये धनुषाका २९ जना, महोत्तरीका १७, रौतहटका तीनजना पुरुष, सप्तरीका १२, सर्लाहीका ७ र सिराहाका ६ जना रहेका छन ।
यसैगरी दोलखाका २, सोलुखुम्बु र बझांगका १÷१ रहेका छन् । यसैगरी सुर्खेत प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण देखिएको छ । बझाङका एकजना, सुर्खेतमा १३ जना, दैलेखमा ८, स्याङ्जाका ३, दार्चुलाका एक, कैलालीका २, मकवापुरका एक जना रहेका छन ।
१ सय ८७ जना डिस्चार्ज
मन्त्रालयका प्रवक्ता डा देवकोटाले अहिलेसम्म १ सय ८७ जना डिस्चार्च भई घर फर्किएका छन । प्रदेश १ मा ३०, प्रदेश २ मा १ सय १, बागमती प्रदेशमा ३ मा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३८ र सुदूरपश्चिम प्रदेशमा ५ जना डिस्चार्ज भएका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !