काठमाडौ, जेठ १५ गते । बिहीवार ७९ जनामा संक्रमण पुष्टि भएसंगै देशभरिमा संक्रमितको संख्या ९ सय ८० पुगेको छ ।
बिहीवार पुष्टि भएको संक्रमित मध्ये ३ जना गण्डकी प्रदेशको स्याङ्जा र ७६ जना प्रदेश २ का विभिन्न जिल्लाको रहेको छ ।

पोखरामा गरिएको स्वाब परीक्षणका क्रममा एक महिलासहित स्यांगजामा तीन जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
वालिङका २२ र २६ वर्षका दुई पुरुष तथा वालिङकै ३९ वर्षकी एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिएका छन । संक्रमण पुष्टि भएका तीनैजना गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा थिए।
उनीहरुलाई गाउँको क्वारेन्टाइनबाट सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको डा.शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।
त्यस्तै प्रदेश २ को धनुषाका २९, महोत्तरीका १७, सप्तरीमा १४, सर्लाहीका ७, सिरहामा ६ र रौतहटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !