जनकपुरधाम, जेठ १४ गते । धनुषाको औरही गाउँपालिका वडा नं. १ पौडेश्वर स्थित सर्वोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको चयनको विरोध गरिएको छ ।
गाउँपालिकाको नेकपाबाट प्रत्याशी उम्मेदवार उमाशंकार साहले गाउँपालिका अध्यक्ष ब्रम्हदेव यादवले लकडाउनको बेला कसैसंग कुनै छलफल नगरी विद्यालय व्यवस्थापन समिति चयन गरेको आरोप लगाएका छन ।

उनले लकडाउनको बेला कुनै सभा सम्मेलन गर्न नपाउने भनिएकोमा अध्यक्ष यादवले कुनै दल वा अभिभावक, नागरिक समाजसँग कुनै छलफल नगरी गोप्य रुपमा समिति गठन गरेको भन्दै विरोध जनाएका हुन । साहको नेतृत्वमा गाउँका केही व्यक्तिले विद्यालय भवन अगाडि विरोध प्रदर्शन गरेका छन ।
यता गाउँपालिका अध्यक्ष यादवले गाउँपालिका शिक्षा समितिले परमेश्वर साहलाई चैत्र ४ गते नै अध्यक्षका लागि प्रक्रिया पुरयाएर घोषणा गरेपनि कोरोना भाइरसको रोकथामका लागि सरकारले लगाएको लकडाउको कारण उनीहरुको सपथ ग्रहरण तथा पद हस्तान्तरण हुन नसकेको थिएन ।
लामो समय हुँदै जाँदा विद्यालयकै प्राङ्गणमा मंगलवार ७ सदस्यीय व्यवस्थापन समितिका पदाधिकारीलाई गाउँका भरभलादमी, राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगूवाका बीच सपथ ग्रहण तथा पद हस्तान्तरण गराइएको उनले दाबी गरेका छन ।
समितिको सदस्यहरुमा दीप रोशन यादव उर्फ दीपक, मकेश्वर प्रसाद साह, संजीता सहनी रहेका छन् । त्यस्तै पदनीय सदस्यमा सोही वडाका वडा अध्यक्ष अशेश्वर यादव, पदनीय सचिवमा विद्यालयका प्राध्यापक गणेश साह र शिक्षक सोभन साह रहेको जनाइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !