जनकपुरधाम, जेठ १४ गते । कोरोना भाईरस संक्रमलाई नियन्त्रण तथा टेष्टलाई तिव्रता दिन जनकपुरधाम उप–महानगरपालिकाले पीसिआर मेसिन खरिद गर्ने भएको छ ।
बुधवार विपद् व्यवस्थापन समतिको बैठकवाट टेष्टलाई तिव्रता दिनको लागि पीसीआर मेसिन खरिद आवश्यक रहेको ठहर गर्दै खरीद गर्ने निर्णय गरिएको हो ।

समितिका अध्यक्ष लाल किशोर साहको अध्यक्षतामा बसेको बैठकवाट पीसिआर मेसिन खरिद, सवै कर्मचारीलाई १०/१० लाखको विमा, देश वाहिरवाट आएकाहरुकालागि १४ देखि २१ दिन सम्म क्वारेन्टाइनमा स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार राख्ने, आवश्यक अनुसार थप क्वारेन्टाइन बनाउने, विद्यालय खोल्नु अगाडी सम्पूर्ण विद्यालयलाई सेनिटाइज गरि मास्क उपलव्ध गराउने, कर्मचारीलाई जोखिम त्ता दिने समेत निर्णय गरिएको जनाइएको छ ।
यस्तो विपद्को वेलामा पनि कर्मचारीहरु समयमा आउने र कार्यालयको कार्यलाई निरन्तरता दिन पनि ठूलो शाहसको कुरा रहेको वैठकमा उपस्थितहरुले वताएका थिए । भोलीका दिनमा ती कर्मचारीहरुलाई केहि भयो भने उनका परिवारको सहारा को वन्ने ? यस्तो विपद्को वेलामा कर्मचारीहरुलाई कम्तिमा १०÷१० लाखको बिमा गर्ने मांग समेत बैठकबाट उठयो ।
जनकपुरधाम उप–महानगरपालिकाले अहिले गोपालधर्मशालामा क्वारेन्टाइन सञ्चालन गर्दै आई रहेको छ । वैठकमा उपस्थितहरुले क्वारेन्टाइन थप्नुपर्ने सुझाव समेत दिएका थिए ।
यसैबीच नेपालमा बुधवार १ सय १४ जना कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।

यो अहिलेसम्मकै संक्रमितको संख्यामध्ये सबैभन्दा उच्च हो । यसअघि मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ ।
प्रवक्ता देवकोटाका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरी बोडेबसाइनका ८, सप्तरीकै बालनबेहुल गाउँपालिकाका २ जना, सप्तरीकै सुरुंगा नगरपालिकाका १ गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए ।
त्यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको कचनकबलका १५ र गौरादह नगरपालिकाका २ गरी १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरी हेटौँडाको कीटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा हेटौडाका १ जना, रौतहट गडीमाई नगरपालिकाका ७ जना, पोखराको प्रदेशीक प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रवक्ता देवकोटाले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा रुकुमपूर्वका ३ जना, दाङ घोरहीका ७ जना, लमही नगरपालिकाका ८ जना गरी १८ जना, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको डुडुवा गाउँपालिकाका २ जना, राप्ती सोनारी गाउँपालिकाका ७ जना, बैजनाथ गाउँपालिकाका ६ जना र खजुरा गाउपालिकाका १ गरी १६ जनामा कोरोना पुष्टि भएको बताएका छन ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिरहा सिद्धिचरणका १, सिरहा घर भइ सप्तरीमा कार्यरत १ जना, बाराको प्रचौटा नगरपालिकाका ७ जना, रौटहत घर भइ बारामा रहेको १ जना, रौटहट गौरका ८ जना, देवाहीगुनाही २ जना, कटरियाका २ जना, श्रीजनता क्वारेन्टिनका १४ जना, मदरसा रौतहटकै २ जना रहेका गरी ३८ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । नारायणी अस्पताल वीरगन्जबाट २१, कोशी अस्पतालबाट ४, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या १८३ पुगेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !