जनकपुरधाम, जेठ ११ गते । कोरोना भाइरस संक्रमित एक व्यक्ति उपचाररत अवस्थामा अस्पतालबाट नै भागेका छन ।
जनकपुरधाम स्थित प्रादेशिक अस्पताल अन्तर्गत नर्सिंग क्याम्पसमा संचालित कोरोना विशेष अस्पतालबाट उपचाररत सर्लाहीका एक व्यक्ति भागेका हुन ।

प्रहरीका अनुसार मानसिक सन्तुलन गुमाएका हरिपुर्वा नगरपालिका–३ का ४५ वर्षीय पुरुष आइतवार विहान करिब ३ बजे अस्प्तालबाट उपचाररत अवस्थामा फरार भएका हुन ।
धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले मानसिक सन्तुलन गुमाएका ती व्यक्तिलाई अन्य बिरामी सरह बाहिरबाट ढोकामा चुकुल लगाएर लक गरी राखिएको थियो । तर सबैजना सुतेको अवस्थामा जोडबल गरेर चुकुलको स्क्रु खोलेर उनी फरार भएको बताइएको छ ।
उनी यसअघि समेत पटक पटक भाग्ने प्रयास गरेपछि बाहिरबाट चुकुल लगाएर उनलाई कोठाभित्र बन्द गरेर राखिएको थियो । विहानैदेखि उनको खोजी कार्य भैरहेको प्रहरी उपरिक्षक बस्नेतको भनाइ छ ।
गएको वैशाख ३१ गते कोरोना संक्रमित पुष्टि भएका उनलाई जेठ १ गते सर्लाहीबाट ल्याएर जनकपुर नर्सिंग क्याम्पसस्थित रहेको कोभिड अस्पतालमा उपचारकालागि भर्ना गरिएको थियो । क्वारेन्टाइनमा राखेर पीसीआर जाँच गर्दा उनलाई संक्रमण भएको पुष्टि भएपछि कोरोना अस्प्तालमा राखिएको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !