जनकपुरधाम, जेठ ११ गते । सीमानाकाबाट नेपालीलाई भित्रियाउने क्रममा जिल्ला प्रशासन कार्यालय धनुषाले जेष्ठ १० गते सम्म जटही नाकावाट ६ सय २७ जनालाई उद्धार गरी भित्रियाएको छ ।
गत जेष्ठ ४ गतेवाट थालिएको उद्धारका कार्य जेष्ठ १० हिजो सम्म ६ सय २७ जनालाई उद्धार गरिएको जिल्ला प्रसाशन कार्यालय धनुषाले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले दिएको जानकारी अनुसार जेष्ठ ४ गते ६१ जनालाई, जेष्ठ ५ गते ६९ जनालाई, जेष्ठ ६ गते ३६ जनालाई, जेष्ठ ७ गते ८१ जनाई, जेष्ठ ८ गते ६० जनाई, जेष्ठ ९ गते २ सय ७ जनालाई र जेष्ठ १० गते १ सय १३ जना गरि कुल ६ सय २७ जनालाई जटही नाकाबाट उद्धार गरिएको छ ।
ती नागरिकहरुलाई सम्बन्धित नाकाकै हेल्प डेस्कमा प्रारम्भिक चेकजाँच गरी सम्बन्धित स्थानीय तहको क्वारेन्टाईनमा पठाउने गरिएको क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक समेत रहेका सहायक प्रजिअ पोखरेलले ताएका छन ।
उनले भने कोरोना लक्षण देखिएकालाई उपचारका लागि प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा र सामान्य देखिएकालाई सम्बन्धित पालिकाको क्वारेन्टाईनमा पठाउने गरिएको छ । तर हालसम्म सबै सामान्य नै देखिएकोले क्वारेन्टाईनमा नै पठाइएको हो ।
कोरोना भाइरसको प्रकोप बढदै गएपछि भारतबाट मजदूरहरु पलायन हुने क्रममा नेपाली नागरिकहरु समेत स्वदेश आउन थालेपछि संक्रमण बढन सक्ने भनी सीमामा कडा सुरक्षाका तिनीहरु नाकामा रोकिएका थिए ।
प्रक्रिया पुरयाएर नेपालीलाई भित्रियाउने पर्ने चौतर्फी दबाव पर्न थालेपछि देशका विभिन्न स्थान सहित प्रदेश २ का विभिन्न जिल्लाका नाकामा फंसेका समेत नेपाली नागरिक भित्रियाउने कार्य शुरु भएको हो ।
प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा, सर्लाही र सप्तरीबाट सीमामा रोकिएका नागरिकलाई प्रवेश गराइएपनि पर्सा, बारा र रौतहट जिल्लाका स्थानीय प्रशासनले अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !