जनकपुरधाम, जेठ ८ गते । थप ९ जनामा कोरोना पुष्टि संगै देशभरिमा संक्रमितको संख्या बिहीवार दिउंसोसम्म ४ सय ५३ पुगेको छ ।
झापामा ८ र रुपन्देहीमा एकजना गरी ९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।
यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । ४५३ जना संक्रमित मध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !