काठमाडौ, जेठ ८ गते । पछिल्लो पटक ओम्नी समूहको सम्झौतामा चीनबाट गुणस्तरहीन कोरोना उपचार सामाग्री ल्याइएको घटना सेलाउन नपाउंदै सरकारले फेरी गुणस्तरहीन रैपिड किट किन्न लागेको छ ।
कोरोना परीक्षणको दायरा बढाउन सरकारले निजी तथा सामुदायिक अस्पताललाई रैपिड डाइग्नोस्टिक किट (आरडीटी) परीक्षणको किटको गुणस्तरमा प्रश्न उठेको छ । सरकारले अनुमति दिएको विभिन्न ९ वटा कम्पनीमा ७ वटा कम्पनी चिनकै रहेको छ ।

ती मध्ये ६ वटा कम्पनी चीनमै गुणस्तरहीन रहेको भनी अस्वीकृत गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको सूचीमा ९ वटा किटमध्ये दुई वटाले मात्र अन्तराष्ट्रिय बजारमा मान्यता पाएको छ । बाँकी सबै किट उत्पादन भएकै देशमा अस्वीकृत रहेको छ ।
मन्त्रालयले जारी गरेको निर्दे्शिकाको सूचीको चीनको लेपु मेडिकल कम्पनीको किट पहिलो नम्बरमा राखिएको छ जसको विश्वभरि गुणस्तरमा प्रश्न उठेको हो । गत साता सरकारले सोही कम्पनीबाट किट १ लाख थान खरिद गरिसकेको छ । अर्को १ लाख २५ हजार किट खरिद प्रकिया अगाडि बढाउन स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई पत्र लेखिसकेको छ ।
सरकारले सूचिकृत गरेको चीनको अन्य कम्पनी बेइजिङ केवाइ क्लिनिकल डाइग्नोस्टिक रिएजेण्ट इन्कर्पोरेसन, बेइजिङ वान्टाई बायोलोजिकल फार्मेसी इन्टरप्राइजेज कम्पनी लिमिटेड, नानजिङ भाजाइम बायोटेक कम्पनी लिमिटेट, पानबायो ट्रेडमार्क र सांघाई लियोङ रन बायोमेडिसिन टेक्नोलोजी कम्पनी लिमिटेड हो ।
यी कम्पनीहरुले उत्पादन गरेको किटलाई पनि चीनको नेसनल मेडिकल एममिनेष्ट्रसनले (एनएमएले) स्वीकृति दिएको छैन । तर नेपालले त्यसलाई सूचीकृत गरी खरीद प्रक्रिया अघि बढाएको छ ।
नेपालमा सूचिकृत जुहाई लिभजोन डाइग्नोस्टिक इन्कर्पोरेसनले उत्पादन गरेको किट मात्र चीनको एनएमएले स्वीकृति दिएको र विश्व स्वास्थ्य संगठनको वेबसाइटमा प्रकाशित १९ कम्पनीमा पर्छ ।
त्यस्तै अमेरिकाको सेलेक्स कम्पनीले उत्पादन गरेको आरडीटी किटलाई पनि त्यहाँको फÞूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले आपतकालीन स्थितिमा प्रयोग गर्न अनुमति दिएको छ ।
नेपालमा अनुमति दिइएको क्यानडाको बायोक्यान डाइग्नोस्टिक इन्कर्पोरेसनको टेलमी फास्ट नामक किट कम्पनीकै प्रोडक्ट क्याटलगमा समावेश छैन ।
उत्पादक देशमै मान्यता नपाएका आरडीटी किटलाई नेपालमा प्रचलनमा ल्याउनु घातक हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पुर्वनिर्देशक डा. बाबुराम मरासिनीको भनाई छ ।
विश्व स्वास्थ्य संगठन वा अमेरिकाको फÞुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले मान्यता दिएको बाहेक अरु किट कमसल हुने उनले दाबी गरेका छन । उनले कोरोना संक्रमण छ छैन तत्काल थाहा पाउन आरडीटी उपयुक्त नभई पीसीआर परिक्षण जरुरी रहेको छ ।
राम्रा कम्पनी सूचीकृत किन गरिएन
पछिल्लो पटक कमीशनका लागि ६ लाख अमेरिकी डलर बराबरको किट स्वास्थ्य मन्त्रालयले ओम्नी समूहसँगको सम्झौतामा चीनबाट गुणस्तरहीन किट खरिद गरियो । यसैबीचमा निजी तथा सामुदायिक अस्पतालले प्रयोग गर्ने रैपिड किट खरीदमा समेत कमीशनको खेल शुरु भएको आरोप लाग्न थालेको छ ।
नेपालले केही समयअघि नेपालमा आरडीटी परीक्षणका लागि सूचीकृत हुन कम्पनीहरुलाई आह्वान गरेको थियो । त्यसमा २६ वटा कम्पनीले आवेदन दिएका थिए । तर अधिकांश विश्व स्वास्थ्य संगठनको सूचीमा परेका थिएनन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झा आवेदन दिनेमध्येबाटै छनोट गर्नुपर्ने भएकाले विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका कम्पनी नपरेको बताएकी छिन । ‘२६ वटा आरडीटी किट कम्पनीले आवदेन दिएका थिए । तीमध्ये (स्वास्थ्य सेवा) विभाग, (स्वास्थ्य तथा जनसंख्या) मन्त्रालय र (राष्ट्रिय जनस्वास्थ्य) प्रयोगशालाको विज्ञ टोलीले ९ वटालाई लिस्टिङ गरेको हो ।’
प्रयोगशाला प्रमुख झाका अनुसार नेपालमा प्रयोग गर्न अनुमति दिइएका किटहरूले एण्टीबडी, आईजीजी र आइजीएम देखाउँछ । ‘सोही कारण हामीले ती कम्पनी छानेका हौं’ उनले भनिन, ‘हामीले किट हेरिसकेका छैनौं, गलत नतिजा दियो भने जुनसुकै बेला खारेज गर्न सक्छौं ।’
स्वास्थ्य विज्ञहरुले जुट किटलाई उत्पादन देश नै अस्वीकृत गरिसकेको त्यस्ता किट खरीद गर्नुको अर्थ कमीशनका लागि जनताको स्वास्थ्य खेलवाड गर्नु हो ।
यसअघि पनि सरकारले ओम्नी समूहसँग खरीद गरेको किट गुणस्तरहीन रहेको भन्दै सरकारले परिक्षणका लागि आफै रोकेको थियो । तर हालसम्म ७५ हजार प्रयोग पनि गरिसकेको छ । ती परिक्षणको विश्वसनीयतामा प्रश्न उठन थालेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !