जनकपुरधाम, जेठ ४ गते । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको अवधि जेठ २० सम्मका लागि थप गरिएको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई गरेको सिफारिस अनुसार मन्त्रिपरिषदको बैठकबाट लकडाउन जेठ २० गतेसम्म गर्ने निर्णय गरिएको हो ।
भोलि सोमबार सकिने लकडाउनको अवधि १५ दिन थप गर्न समितिले सिफारिस गरेको हो । कार्यदलले मन्त्रिषरिषद्मा लकडाउन २० गतेसम्म लम्ब्याउने गरेको प्रस्तावलाई सदर गरेकोे समितिका सदस्य एक मन्त्रीले बताए ।
देशका विभिन्न स्थानमा कोरोना संक्रमण देखिइरहेको र संक्रमितको मृत्यु समेत भएकाले लकडाउन अहिले खोल्न नहुने निष्कर्षमा समिति पुगेको थियो उनले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउनको कुनै विकल्प नभएको निष्कर्ष निकालिएको बताए । ‘लकडाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको छ । यसैले यसको विकल्प छैन । उनका अनुसार परीक्षणको दायरा र स्वास्थ्यकर्मीको मनोबल बढाउने निर्णय पनि समितिले गरेको छ ।
चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन आइतबार ५५ दिन पुगेको छ । विभिन्न चार चरणमा लकडाउन थप गरिसकिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !