गौर, जेठ ४ गते । रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार बिहान ७ : १५ बजे स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर संक्रमितहरुलाई सार्वजनिक गरेको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् ।
राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो । हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !