जनकपुरधाम, जेठ ३ गते । कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनमा फँसेका नेपाली नागरिकलाई भित्रयाउन तयारी शुरु गरिएको छ ।
नाकाबाट लुकिछिपी आउन थालेपछि संक्रमितहरुको संख्यामा समेत वृद्धि भइरहेको आरोप प्रत्यारोप लागि हेको बेला सीमामा फसेकालाई व्यवस्थित रुपमै ल्याउने तयारी गरिएको हो ।

सरकारले नाकामा फंसेका नेपाली नागरिकलाई भित्रियाउने व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयहरुलाई दिइएको छ । भारतबाट आउन खोज्ने नेपालीहरु आफ्नो जिल्लाको नाकाबाट मात्र प्रवेश गर्न पाउने जनाइएको छ ।
धनुषामा जटही नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवं क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक शरदकुमार पोखरेलले सीमा क्षेत्रमा अलपत्र परेका जिल्लावासीलाई जटही नाकाबाट प्रवेशको व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए ।
नाकामा फसेका धनुषावासीलाई सम्बन्धित पालिकामा पठाउने गरी जटही नाकाबाट ल्याउने निर्णय भएको भन्दै उनले नेपाली सीमामा क्वारेन्टाइन स्टेशन हुनेछ । पारीबाट आएकाहरु क्वारेन्टिन स्टेसनमा बस्ने छन् । त्यहाँबाट सम्बन्धित पालिकाले आ–आफ्नो नागरिकलाई गाडीमा लैजानेछन् ।
नाकामा हेल्थ डेस्कसमेत स्थापना गरी सम्बन्धित स्थानीय तहको क्वारेन्टिन पठाइने पोखरेलले बताए । भारतमा रहेका तथा नाकामा फसेकाको तथ्यांक संकलन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।
सुरक्षाकर्मीहरु जटहीमा क्वारेन्टाइन स्टेसन निर्माणमा जुटिसकेको बताउँदै सम्भवतः आइतबारदेखि भारतमा फसेकाहरुलाई नेपाल ल्याउन सुरु हुने बताए । सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले धनुषाको विभिन्न नाकामा अहिले दुईदेखि तीन सय नेपाली अलपत्र अवस्थामा रहेको बताए ।
भारतको क्वारेन्टाइनमा बसेर नेपाल आउन फिर्ता आउने करिब पाँच हजार नेपाली प्रदेश २ को विभिन्न नाकामा अलपत्र अवस्थामा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्रोतले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !