जनकपुरधाम, जेठ ३ गते । दुई जना पत्रकार संक्रमित पुष्टि भएपछि त्रासमा रहेका विरगञ्जका पत्रकारहरुको रिपोर्ट निगेटिभ आएको छ ।
विरगन्जका दुई जना संचारकर्मीमा कोरोना पुष्टि भएपछि सबै पत्रकारको पिसिआर परिक्षण गरिएको थियो, त्यसको रिपोर्ट शनिवार निगेटिभ आएको हो । वीरगन्ज र काठमाडौंका विभिन्न संचारगृहमा कार्यरत पत्रकारहरुले बुधबार नारायणी अस्पतालमा पुगेर परीक्षणका लागि आ आफ्नो स्वाबको नमुना दिएका थिए ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले गत बुधबार नारायणी अस्पतालमा पुगेर थ्रोट स्वाबको नमुना दिएका सबै पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
बुधबार अस्पतालमा पुगेका १ सय ४ जना पत्रकारको स्वाबको नमूना संकलन गरेर अस्पतालले त्यही दिन पिसिआर परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो त्यसको रिपोर्ट शनिबार बिहान आएको जानकारी अस्पतालले दिएको अध्यक्ष चौहानले बताए ।
मङगलबार २ पत्रकार पनि संक्रमण भेटिएपछि वीरगन्जका सबै पत्रकार मानसिक तनावमा थिए । केहि एफएमका सन्चारकर्मी घर नगइ ४ दिनदेखि कार्यालयमै बस्दै आएका थिए । तर रिपोर्ट नेगेटिभ आएपछि वीरगन्जका पत्रकारहरुले तनावमुक्त भइ खुशी महसुस गरिरहेको अध्यक्ष चौहानले जानकारी दिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !