जनकपुरधाम, जेठ २ गते । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहानै दिएको जानकारी अनुसार यो समेत गरेर नेपालमा कूल संक्रमित २ सय ५८ पुगेको छ । शुक्रबार थपिएका ९ संक्रमितमा १८ वर्षदेखि ३७ वर्षसम्म उमेरका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार थपिएका ती ९ संक्रमितमा बाँके नरैनापुर वडा नम्बर १, ३ र ५ का १८, २०, २२, २५, २५, २७ ३२ र ३६ वर्षका पुरुष छन्।
यस्तै मकवानपुरका ३७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन्।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !