विरगञ्ज, जेठ २ गते । उपचारत कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागेमा पर्सा प्रहरीले गोली समेत चलाउन सक्नेछ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।
बैठकको निर्णय नं. ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।
बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएपछि यस्तो निर्णय गर्न बाध्य भएका हुन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !