जनकपुरधाम, जेठ १ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लापरवाहीका कारण धनुषा र महोत्तरीमा त्रासको वातावरण उत्पन्न भएको छ ।
बिहीवार बिहान धनुषा, महोत्तरी र सर्लाही सहितका ५ जना कोरोना संक्रमित थपिएको भनी प्रेस विज्ञप्ति जारी गरेपछि जनकपुरधाममा बिहानैदेखि त्रासको वातावरण उत्पन्न भएको थियो ।

धनुषा र महोत्तरीमा पनि कोरोना भाइरस बढन थालेको छ भनी जनकपुरधामको चौक चौकमा व्यापक चर्चा र त्रासको वातावरण उत्पन्न भएपछि स्थानीय प्रशासनले बिहानैदेखि लकडाउनलाई कडाई गरेको छ ।
विज्ञप्ति जारी भएको केही बेरपछि पुनः मन्त्रालयले त्रुटि भएको भनी धनुषा, महोत्तरी र सर्लाहीमा कुनै थपिएको छैन भनी विज्ञप्ति जारी गरेपछि जनकपुरवासीले राहत महूसस गरेका छन ।
तर वास्तवमा भन्ने हो माघ ३० गते राति सार्वजनिक कोरोना पोजेटिव रिपोर्ट मध्येबाट नै धनुषा, महोत्तरी र सर्लाहीमा थपिएको भनी विज्ञप्ति जारी गरेको थियो ।
राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा गरिएको परीक्षणमा सर्लाही धनकौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया महिला तथा महोत्तरी जलेश्वर र बलवा नगपालिकाका १६ र ३५ वर्षका पुरुषमा सङ्क्रमण पुुष्टि भएको भनी स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो ।
बिहान जारी गरिएको विज्ञप्तिमा भनिएका व्यक्तिहरु माघ ३१ गतेदेखि नै जनकपुर प्रादेशिक अस्पताल अन्तर्गत कोरोना विशेष अस्पतालमा उपचारत रहेका छन ।

मन्त्रालयको लापरवाही बारे जनकपुरका राजनीतिक प्रतिनिधि र बुद्धिजीवीहरुले मन्त्रालय जस्ता निकाय नै यस्तो गम्भीर गल्ती गर्छ भने आमजनता के मा विश्वास गर्ने ?
विश्व सहित नेपालका नागरिक समेत कोरोना भाइरसको महामारीले मानसिक संकटमा रहेको बेला मन्त्रालय जस्ता निकायले लापरवाही गर्नु भनेको गम्भीर त्रुटि हो । त्रुटि गर्ने कर्मचारीलाई कारवाही गर्न मांग समेत तिनीहरुले गरेका छन ।

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको भनिएको थियो तर पछिल्लो पटक सच्याइएको विज्ञप्ति अनुसार २ सय ४५ मात्र रहेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !