जनकपुरधाम, बैशाख ३१ गते । प्रदेश २ मा अत्यधिक कोरोना सक्रमितको संख्या बढदै गएपछि प्रदेश सरकारले क्वारेन्टाईन विस्तार र लकडाउन प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने, सिमामा थप कडाई गर्ने, सिमापारिको आवात जावतलाई निरुत्साहित गर्न प्रचार प्रसार तिब्र बनाउने सहित को निर्णय गरिएको छ ।

बैठकले सिमापारी रहेको नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आवश्यक कार्यविधि बनाई दिन संघ सरकारलाई आग्रह गर्ने र उनीहरुलाई स्वदेश ल्याउनुपर्ने अवस्थाका लागि प्रत्येक जिल्लामा थप तीन÷तीन सय क्षमताको क्वारेन्टाइन तयारी अबस्थामा राख्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले जनाएको छ ।
यसका साथै बैठक ले कोरोना महामारी नियन्त्रणका लागि संघीय सरकार संग थप बजेट मांग गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा प्रमुख सचिब अर्जुन पोखरेल,मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादव, प्रदेश सरकारका बिभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी सहितको सहभागिता रहेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !