जनकपुरधाम, बैशाख ३१ गते । जनकपुरमा एकजना पत्रकार र एकजना पुस्तक पसल व्यवसायी संगै नेपालमा थप दुई बुधवार नयाँ संक्रमित भेटिएको छ ।
बुधवर कपिलवस्तु र बांकेमा एक/एक जना नयाँ संक्रमित भेटिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय १९ पुगेको छ । बाँकेमा ३६ वर्षिय र कपिलवस्तुमा २२ वर्षिय युवकमा केरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार विज्ञप्ति जारी जनाएको छ ।

यसअघि मंगलबार राति २६ जनामा कोरोना पुष्टि भएकोमा १८ जना पर्सा, २/२ जना धनुषा, महोत्तरी, एकजना सर्लाहीका रहेका छन । धनुषाको जनकपुरमा ४० वर्षीय पुरुष पत्रकार र महोत्तरीका हाल जनकपुर बस्दै आएका ३५ वर्षीय पुरुष पुस्तक पसल व्यवसायी रहेको बुझिएको छ ।
उनी दुबैजना बस्ने जनकपुरको शिवचोक क्षेत्र र जनकपुर उपमहानगरपालिका ४ को पिडरिया माइस्थान क्षेत्र सिल गर्ने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको छ ।

दुबैजनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको जनाएको छ । संक्रमित पत्रकार र ती पुस्तक सञ्चालक प्रायः नियमित भेटघाट हुने गरेको थियो । उनीहरुलाई कोरोना संक्रमण कहाँबाट भयो भन्ने कुरा खुल्न सकेको छैन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !