जनकपुरधाम, वैशाख ३० गते । प्रदेश २ को पर्सा जिल्लामा संक्रमितको संख्या अत्यधिक वृद्धि हुदै गएपछि छिमेकी जिल्ला आवात जावतमा रोक कफुर्यु लगाएका छन ।
मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । पर्सा जिल्लाको वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरिएको छ ।
क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले संक्रमणको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक सेवाको सवारी बाहेक स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।
यसका साथै बारामा संचालित उद्योग कलकारखाना, बैंक, प्रतिष्ठान तथा विभिन्न आयोजनामा पर्साको बिरगंज बस्ने कर्मचारीलाई काममा नलगाउने निर्णय सहित उद्योगहरुमा स्थास्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार आफ्नै क्वाटर र होस्टलमा राखेर काममा लगाउने निर्णय गरेको छ ।
भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कोही पनि घरबाट बाहिर ननिस्कन रोक लगाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !