जनकपुरधाम, वैशाख ३० गते । कोरोना संक्रमित क्षेत्रलाई सिल गरी संरक्षित रहेका प्रदेश २ का जिल्लामा आवागमनमा रोक लगाउनुपर्ने आवाज उठन थालेको छ ।
प्रदेशमै पहिलो पटक पर्सा जिल्ला स्थित मस्जिदमा संक्रमित फेला परेपछि सो क्षेत्रलाई सरकारले सिल गर्न दिएको निर्देशनलाई लापरवाही गर्दा प्रदेशमा २ मा अत्यधिक कोरोना संक्रमित भेटिन थालेको आरोप लाग्न थालेको छ ।

मस्जिद र मदरसामा अगुमन संक्रमित क्षेत्रलाई सिल गर्न निर्देशनलाई कडाईका साथ पालना नगर्दा पर्सा जिल्लामा संक्रमितको संख्यामा निरन्तर वृद्धि हुंदै गएको आरोप विभिन्न पक्षबाट लाग्न थालेको छ । धनुषाका नागरिक समाजका अगुवा र विभिन्न संघ संस्थाहरुले हाल संरक्षित रहेका धनुषा, महोत्तरी र सिरहा जिल्लामा संक्रमित क्षेत्रसँगको आवागमन रोक्नुपर्ने मांग गरेका छन ।
प्रहरी प्रशासन समेतले आफ्नो सम्पूर्ण ध्यान सीमामा मात्रै लगाई संक्रमित क्षेत्रमा सिल र कडाई नगर्नुको पर्सा जिल्लामा संक्रमितको संख्यामा अत्याधिक वृद्धि भएको र अझै बढन सक्ने नागरिक समाजका अगुवाहरुको बुझाई छ।
सम्बन्धित निकायले अनुगमनको पाटोमा कडाई नगरी ट्राभल हिस्ट्रीको प्रक्रिया मात्र पुरा गरेको लापरवाहीका कारण प्रदेशको एकमात्र महानगर विरगंज असुरिक्षत हुंदै गएको छ । र त्यहाँबाट आवागमन नरोकिएको कारण रौतहट, बारा, कैलाली र रुपन्देहीमा समेत संक्रमणको चपेटमा परेको जनकपुर स्थित संघ संस्थाहरुको आरोप रहेको छ ।
संघीय सरकारले संक्रमित सबै क्षेत्रलाई सिल गरी आवागमनमा कडाई तथा एक पालिकाबाट अर्को पालिका तथा एक जिल्लाबाट अर्को जिल्लाको प्रवेशमा रोक लगाएपनि सम्बन्धित निकायको लापरवाहीका कारण निर्वाध रुपमा आवागमन भइरहेको छ ।

प्रदेश सरकारमा आबद्ध केही राजनीतिक व्यक्तिको भोटिंग राजनीतिका कारण समेत पर्सा जिल्ला कोरोना संक्रमणको उच्च चपेटामा परेको प्रतिपक्षी दलका नेताहरुको आरोप रहेको छ । प्रतिपक्षी दलका नेताहरुले पर्सा जिल्लाका संक्रमित क्षेत्र र स्थानलाई सिल गर्नुको सट्टा आवागमनमा छुट दिएको कारण समेत अति उच्च जोखिम क्षेत्रमा पर्न गएको आरोप लगाएका छन ।
हाल प्रदेश नं. २ मा ७२ जना कोरोना पुष्टि भएको छ । जसमध्ये पर्सा जिल्लाबाटै ६४ जना रहेको छ भने रौतहट र बारा जिल्लामा ३/३ जना रहेको छ । जसमध्ये अधिकांशको ट्राभ्ल डिस्ट्री विरगंजबाट आवामगन रहेको छ ।
समयमै प्रदेश सरकार सहित सम्बन्धित निकाय सचेत भई संक्रमित क्षेत्रबाट संरक्षित क्षेत्रमा आवागमन नरोकिए त्यो पनि जोखिममा पर्न सक्ने प्रबल सम्भावना रहेको भन्दै जनकपुरस्थित नागरिक समाजका अगुवाहरुले ध्यानाकर्षण गराएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !