जनकपुरधाम, वैशाख ३० गते । अति उच्च जोखिममा रहेका प्रदेश नम्बर २ को पत्रकारकहरु पनि संक्रमित भएको पुष्टि भएको छ ।
अत्यधिक संक्रमित रहेका प्रदेशको पर्सा जिल्लामा मंगलवार मात्रै ३९ जना संक्रमित देखिएकोमा दुईजना पत्रकार रहेको बुझिएको छ ।

सरकारले घोषणा गरेको लकडाउनलाई स्थानीय प्रशासनले अनौपचारिकरुपमा केहि खुकुलो बनाउदै गएको संक्रमितको संख्यामा वृद्धि हुदै गएको अवस्थामा पत्रकारमा पनि कोरोना पुष्टि भएको हो ।
हुनत चार जना पत्रकार संक्रमित रहेको चर्चा भइरहेको छ । तर अधिकारिक पुष्टि दुई जना मात्र भएको छ ।
मंगलवार बिरगंज महानगरपालिकाको वडा नम्बर १, २ र ३ तथा छिपहरमाई गाउपालिकामा बस्ने ३९ र बारामा १ जनामा कोरोना संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा सूचना अधिकारी विजयकुमार झाले जानकारी दिएका छन ।
यो संगै प्रदेश २ मा ७२ जनामा कोरोना पुष्टि भइसकेको छ ।

सबभन्दा बढी संक्रमित प्रदेशका पर्सा जिल्ला नै रहेको छ । पर्सा जिल्लामा मात्रै ६४ जना संक्रमित रहेको छ, जसमध्ये एक/एकजना भारतीय नागरिक, कैलाली र रुपन्देहीका वासिन्दा गरी ३ जना जिल्ला बाहिरका रहेका छन ।
त्यस्तै सप्तरी र सर्लाहीमा १/१ तथा रौतहट र बारामा ३/३ जना संक्रमित पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
उपचारमा समस्या
कोरोना संक्रमित उपचारका लागि अत्यधिक संक्रमित रहेका पर्सा जिल्ला स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा ५० बेड सहितको आइसोलेशन वार्ड रहेको छ । तर संक्रमितहरुको संख्या बढन थालेपछि उपचारमा समस्या देखिन थालिएको छ ।

लोकपुकार सँग कुरा गर्दै नारायणी उपक्षेत्रिय अस्पतालका मेसु डा. मदन उपाध्यायले भने प्रदेशका संक्रमितहरुको उपचार यसै अस्पतालमा भइरहेको कारण आइसोलेशन बेडको आभाव भएको छ ।
तर तिनीहरुको उपचारका लागि हामी व्यवस्थापनमा जुटेका छौं । त्यसमै बेड थपेर हुन्छ कि अन्य अस्पतालमा व्यवस्थापन गर्नुपर्छ त्यसको व्यवस्थापनमा जुटेका छौं ।
हुनत प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा समेत कोरोना विशेष अस्पतालमा ५० बेड सहितको आइसोलेशन वार्डको निर्माण भइसकेको छ । श्रोतका अनुसार नारायणी क्षेत्रिय अस्पतालमा व्यवस्थापन हुन नसके प्रदेश सरकारले जनकपुर प्रादेशिक अस्पतालमा संक्रमितलाई पठाइनेछ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !