राजविराज, बैशाख २८ गते । प्रहरीले सप्तरीको छिन्नमस्ता नाकाबाट अवैध घरेलु मदिरा बरामद गरेको छ ।
लकडाउनको मौका छोपी डिजलको नाउमा अवैध घरेलु मदिरा तस्करि गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका हुन ।

इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलिले नेपालबाट अवैध रुपमा डिजलको नाममा घरेलु मदिरा तस्करि गरिरहेको अवस्थामा अवेध घरेलु मदिरा सहित मोटरसाइकल बरामद गरेको जनाइएको छ ।
प्रहरीले घरेलु मदिरा ५० लिटर ,डिजेल ६० लिटर र सुपर स्पेलेण्डर को.३८ प ८७७५ को मोटरसाइकल समेत सप्तरीको छिन्नमस्ता गापा वडा न. २ रम्पुराको झोलुङगे पुलबाट बरामद गरेको इलाका प्रहरी कायाृलय सखडाका इन्चाजृ कल्याण आले मगरले जनाएको छ ।

उनका अनुसार नेपालबाट भारततर्फ लग्दै गरेको अवस्थामा बरामद तस्करहरु मदिरा ,डिजेल र मोटरसाइकल छोडेर भागेको प्रहरीले जनाएको छ ।
यता बरामद गरिएको अवेध मदिरा, डिजल र मोटरसाइकललाइ आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी बुझाइएको छ भने तस्कारको खोजी कार्य तिव्रगतिमा भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !