जनकपुरधाम, वैशाख २७ गते । प्रदेश २ को बारा जिल्लामा एकीकृत स्मृति उद्यानको शिलान्यास गरिएको छ ।
प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.७ स्थित नेपाली सेनाको श्री नं. २८ बाहिनी अड्डाको हाताभित्र निर्माण गर्न लागिएको एकीकृत स्मृति उद्यानको शनिवार शिलान्यास गरेका हुन ।

नेपाल अंग्रेज युद्धको दौरान अंग्रेज फौज विरुद्ध मधेशवासी नेपालीहरुले देखाएको बहादुरी तथा नेपाल एकिकरण अभियानमा पुरयाएको योगदानको स्मरणमा एकीकरण स्मृति पार्क निर्माण गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।
तत्कालीन अवस्थाका ऐतिहासिक गढी तथा किल्लाहरुको सम्बर्धन गरी तराई, मधेश, पहाड र हिमालबीचको अनोन्यास्रित ऐतिहासिक सम्बन्ध तथा सबै नेपालीबीचको राष्ट्रिय एकतालाई उजागर गर्ने उद्देश्यले एकीकरण स्मृति उद्यानको परिकल्पना गरीएको हो।
सेनाको श्री नं. द्दड बाहिनी अड्डाको हातामा रहेको तीन विगाह जग्गामा एकिकरण स्मृति उद्यान निर्माण गर्न लागिएको हो। उद्यानमा हिमाल, पहाड र तराईका विभिन्न कला र संस्कृती झल्किने ऐतिहासिक प्रर्दशनी हल सहितको मुख्य ६ वटा भौतिक संरचनाहरु निर्माण गर्न लागिएको छ।
२२ करोड कुल लागत रहेको उक्त परियोजना आर्थिक वर्ष ०७७र७८ भित्र निर्माण सम्पन्न गरि जितपुर सिमरा उपमहानगरपालिकाको स्वामित्व र रेखदेखमा सञ्चालन गर्ने योजना रहेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !