जनकपुरधाम, सशस्त्र प्रहरी धनुषाले २१ किलो अवैध गाँजा बरामद गरेको छ ।
शुक्रबार राती जिल्लाको विदेह नगरपालिकास्थित सिमानाकाको सुरक्षा गस्तीमा खटेको सशस्त्रको टोलीले सो परिमाणमा गाँजा बरामद गरेका हुन ।

सशस्त्रका प्रहरी नायव उपरिक्षक निर्मल खडकाको कमाण्डमा खटिएको टोली र प्रहरी सहायक निरिक्षक साधुशरण यादवको नेतृत्वमा खटेको सुरक्षाकर्मीको गस्ती टोलीले विदेह नगरपालिका ५ एकराहीबाट सरावेबाट सो गाँजा बरामद गरेको हो ।
तिनजनाको समूहले बोकेर गइरहेको गाँजाको तीनवटा पोका प्रहरीलाई देखेर फालेर भागेका थिए ।
प्रहरीले तिनवटै पोका खोलेर हेर्दा २०.७ किलो गाँजा बरामद गरिएको सुचना अधिकारी समेत रहेका सहायक प्रहरी नायव उपरिक्षक निर्मल खडकाले बताए ।
बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाएको जनाइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !