मलंगवा, वैशाख २६ गते । प्रहरीले सर्लाहीको लालवन्दी नगरपालिका १५ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका ८ बस्ने २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका १२ घारीबथान बस्ने ४६ वर्षीय फगुनी यादव रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी रहेको सर्लाही प्रहरीेले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !