काठमाडौ, वैशाख २३ गते । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ पक्राउ गरेका छन ।
विरहीलाई प्रहरीले चितवनको एक अस्पतालबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि चितवनको भरतपुरस्थित पुरानो मेडिकल केलजमा भर्ना भएका शर्मालाई प्रहरीले त्यहीबाटै नियन्त्रणमा लिएको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले जनाकारी दिए ।
विरही रमेश रिमालको नाममा विरामी पुर्जी लिएर अस्पतालमा भर्ना भएका थिए। उनलाई के भएको भन्नेबारे केही खुलाइएको छैन ।
विरही विप्लव नेकपाका पूर्वी कमान्ड इन्चार्जका साथै प्रकाशन विभाग प्रमुख समेत हुन् । उनी विप्लव समूहका दोस्रो तहका प्रभावशाली नेतामध्ये एक हुन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !