जनकपुरधाम, वैशाख १७ गते । लकडाउनमा जनकपुरधाम उपमहानगरपालिकाद्वारा वितरण भइरहेको राहत लिन पुगेका एक स्थानीय प्रहरीको कुटाईबाट घाइते भएका छन ।
बुधवार जनकपुरधाम ४ तिरहुतिया गाछीमा वितरण भइरहेको राहत लिन गएका स्थानीय भारत बिहारी निवासी ठेला चालक सुजित साह प्रहरीले भीड नियन्त्रण गर्ने क्रममा चलाएको लाठी लागेर घाइते भएका छन ।

सो लाठी प्रहारबाट साहको कानको जाली फुटेको बताइएको छ । साहले संचारकर्मीसँग कुरा गर्दै आफू राहत लिन गएको बेला प्रहरीले आफूमाथि कुटपीट कानको जाली फोडिदिएको आरोप लगाएका हुन् ।
प्रहरीले भिड नियन्त्रण गर्ने क्रममा आफुमाथि एक्कासी आएर लाठी प्रहार गरेको उनले दुखेसो पोखे । प्रहरीको लाठी प्रहारबाट आफ्नो टाउको र कानमा चोट लागेर रगताम्य भएको र कानको जाली फुटेर सुन्न सक्ने क्षमता नै गुमेको समेत बताएका छन ।
संचारकर्मीको जिज्ञासामा उनले भने प्रहरीको लाठी चार्जबाट आफू बेहोस भएपछि प्रहरीले नै आफुलाई पाण्डे मेडिकल पु¥याएर समान्य उपचार गराई औषधि दिएर घर पठायो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !