जनकपुरधाम, वैशाख १७ गते । महोत्तरीमा चार जनाको रहस्यमीय मृत्यु भएको छ ।
जिल्लाको भंगहा नगरपालिका ७ स्थित मेघनाथ गोरहन्ना टोलमा बुधवार विहानसम्म ४ जनाको रहस्यमीय मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदा रहेको वडाध्यक्ष वासुदेव सिंह थारुले जनाएको छ ।
उनले जनाए अनुसार मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा तिनीहरुको मृत्यु भएको हो । सबै रक्सी पिउने व्यक्ति भएकाले विषाक्त मदिराकै कारण उनीहरुको मृत्यु भएको हुन सक्ने वडाध्यक्ष सिंहले बताएका छन ।

तर महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले शव पोस्टमार्टम नगरी रक्सीकै कारण मृत्युु भएको भन्न नमिल्ने बताए ।
केही मानिस झाडापखालाबाट, केही रक्सी नखाने व्यक्तिको पनि मृत्युु भएको छ, उनले भने, ‘तीनरचार दिनको अन्तरालमा उनीहरुको मृत्यु भएको हामीले खबर पाएका छौं । एक जनाको शवलाई पोस्टमार्टम गर्न शव नियन्त्रणमा लिन प्रहरीको टोली जलाउने ठाउँमा पठाएका छौं ।

गंगाराम सदाको शव जलाउने स्थलमा प्रहरी पुग्दा जलाइ सकिएको थियो । लालबाबु सिंहलाई बिहान जनकपुर उपचारका लागि लाँदै गर्दा बाटोमै मृत्युु भएको थियो । चार जनामध्ये उनको शव मात्र जलाउन बाँकी रहेकाले प्रहरीले नियन्त्रणमा लिन गएको हो ।
यसैबीच मृतक लालबाबुको घरबाट प्रहरीले रक्सी बरामद गरेको छ । यसको परिक्षण गरिने प्रहरीले जनाएको छ । विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्युु हुन सक्ने आशंका भएपछि प्रहरीले स्थानीय मदिरा भट्टीमा छपामारी गरेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !