जनकपुरधाम, वैशाख १६ गते । सर्लाहीको हरिपूर्वा नगरपालिका ८ मा दुई परिवारबीच भएको झडपमा परी एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार स्थानीय खोददी खातुन र सैदुन खातुनको परिवारबीचको झगडा भएको थियो, सोही क्रममा ३५ वर्षकी सैदुन खातुनको मृत्यु हुन गएको हो ।

खोददी खातुनका छोराछोरी सैदुन खातुनको प्याजबारीमा गएको विषयमा झगडा सुरु भएको थियो । सुरुमा छोराछोरीबीच भएको झगडामा पनि अभिभावकहरु पनि मिसिएका सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी मदन कुँवरले बताएका छन ।
झगडाका क्रममा गम्भीर घाइते भएकी सैदुनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लैलाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
कुटपिटमा संलग्न पाँच जनालाई पक्राउ गरी प्रहरीले घटनाको अन्य अनुसन्धान अघि बढाएको जिप्रका सर्लाहीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !