वीरगञ्ज, वैशाख १६ गते । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको छ ।
मंगलवार रौतहटमा थप २ युवामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको सख्या ५४ पुगेको हो । रौतहटको वृन्दावन नगरपालिका ९ बस्ने २५ वर्षीय पुरुष तथा देवाही गोनाही १ का अर्का ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.श्यामबाबु शाहले जानकारी दिएका छन ।
निमित्त मेसु डा. साहका अनुसार प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका थियो । तर काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएपछि उपचारका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा ल्याइएको छ ।
यसअघि रौतहटमा एक जना युवकमा अझै कोरोनो भाइरस पोजेटिभ पुष्टि भएको थियो । हुनत उनी उपचार पश्चात घर फर्किसकेका छन । यो संगै रौतहटमा संक्रमितको संख्या ३ र प्रदेशमा ८ पुगेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय गौरका निमित्त साहका अनुसार देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । अब दुवै संक्रमितको कन्ट्याक ट्रेसिङ्ग गरिने उनले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !