वीरगञ्ज, वैशाख १५ गते । पर्साको वीरगञ्ज महानगरपालिका १३ तेजारथ टोल स्थित मनकामना पाइप उद्योगको गोदाममा आगलागी हुँदा लाखौको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीका अनुसार तयारी पाइप राखिएको गोदाममा आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार आगलागीबाट एक थान मोटरसाइकल समेत जलेको छ भने गोदम आसपासका घरका झ्यालहरुमा सामान्य क्षति पुगेको छ । दिउँसो १ बजेतिर लागेको आगो वीरगञ्ज महानगरपालिकाको २ वटा वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा एक घण्टामा नियन्त्रणमा लिइएको थियो ।
सञ्चालक विनय नेपालका अनुसार गोदाममा कामना र मनकामना प्लाष्टिक पाइप फ्याक्ट्रीबाट उत्पादित पाइप राखिएको थियो । गोदाममा कसरी आगलागी भयो भन्नेबारेमा खुल्न नसकेको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सयममै वारुण यन्त्र र सुरक्षाकर्मी आइपुगेकोले ठूलो क्षति हुनबाट बचेको स्थानीयको भनाई छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !