जनकपुरधाम, वैशाख १५ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना महामारी रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनको पुर्ण पालना जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीले प्रादेशिक अस्पतालमा देखिएको छैन ।
पालिकाको वडास्तरबाट संचालन हुने खोपको व्यवस्थापन जनकपुरधाम उपमहानगरालिकाले गर्न नसक्दा प्रादेशिक अस्पताल जनकपुरद्वारा संचालित स्वास्थ्य क्लिनिकमा अत्यधिक भीड बढ्दा सरकारले निर्धारण गरेको सोशल डिस्टेन्सको पालना धज्जी उडाइएको देखियो ।

लामो समय पश्चात बालबालिकाको लागि संघीय सरकारले सञ्चालनमा ल्याएको नियमित खोप वडाबाट संचालन नहुँदा प्रादेशिक अस्पतालको संस्थागत क्लिनिकमा अत्यधिक भीड हुँदा सहभागीहरुले समाजिक दूरीको पालना गर्न नसकेको जनस्वास्थ्य कार्यालयका प्रमुख इन्द्रप्रसाद यादवले बताए ।
‘खोप सञ्चालन गर्न बिहीबार संघीय सरकारको पत्र हामीलाई प्राप्त भयो । शुक्रबारदेखि वडाहरुमा खोप सञ्चालन गर्न स्थानीय तहहरुलाई जानकारी गराएपछि अधिकांश पालिकाले संचालन त गरयो तर जनकपुरधाम उपमहानगरपालिकाले खोप कार्यक्रम संचालन गर्न नसकेपछि नियमित रुपमा संचालनमा रहेका सो क्लिनिकमा अत्यधिक भीड बढेको उनले भने ।
यता जनकपुरधाम उपमहानगरपालिकाका खोप शाखाका प्रमुख उमेश रायले जनशक्ति अभावका कारण वडाहरुमा खोप सञ्चालन हुन नसकेको बताएका । दुईजना कर्मचारी छन, बालबालिकालाई खोप दिने कि सामाजिक दूरी कायम गराउने,’ रायले भने, ‘वडा कार्यालयहरुमा भीडभाड बढी हुने भएपछि खोप सञ्चालन गर्न सकिएन ।
जनशक्ति थप्ने कुरा भइरहेकोले आगामी महिनादेखि पुनः वडाहरुमै खोप सञ्चालन गरिने उनले बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !