वीरगञ्ज, बैशाख १४ गते । कोरोना भाइरसको आरडीटी परिक्षणमा पोजेटिभ देखिएका प्रदेश २ को पर्सा जिल्लाकी एक युवतीको मृत्यु भएको छ ।
ब्लड क्यान्सरबाट ग्रसित २३ वर्षीया युवतीको तीन पटकसम्मको आरडिटी टेष्ट पोजेटिभ देखिएको थियो । तर आइतबार बिहान वीरगञ्जस्थित तराई अस्पतालबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

उनको मृत्युको कारण स्पष्ट पार्न स्वाब लिइएको र परीक्षणका लागि हेटौँडा पठाइएको बताइएको छ । अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशंका भएपछि उनको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको दोस्रो टेष्ट पनि पोजेटिभ देखिएपछि नारायणी अस्पतालबाट गएको टोलीले अन्तिम टेष्ट गरेको र त्यो पनि पोजेटिभ देखिएको अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए । स्वास्थ्यमा समस्या भएपछि शनिबार बिहान विभिन्न अस्पताल हुँदै उनलाई तराई अस्पताल पुर्याइएको थियो ।
आरडीटी पोजेटिभ देखिएपनि समयमै पीसीआर परिक्षणबाट यकिन गर्न नसकिएको कारण भाइरसकै संक्रमणको कारण उनको मृत्यु हुन गएको स्थानीय चिकित्सकहरुको भनाई छ । हुनत उहाँको मृत्युलाई कोरोनाबाट मृत्यु भएको लिस्टमा नराखिएपनि यथार्थमा उनको मृत्यु कोरोना भाइरसकै कारण भएको आंकलन गर्न थालिएको छ ।

समयमै पीसीआर परिक्षण किन गरिएन भन्ने सम्बन्धित निकायबाट लापरवाही भएको आरोप लाग्न थालेको छ । पीसीआरबाट पोजेटिभ आएपछि उपचार पश्चात निको हुन सक्थ्यो तर लापरवाहीको कारण मृत्यु हुने गएको चिकित्सकहरुकै भनाई छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !