जनकपुरधाम, वैशाख १३ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुस्लिम समुदायलाई रमजानको अवसरमा घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् ।
शनिबार बिहान रमजान पर्वको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री राउतले घरमै नमाज पढेर रमजान मनाउन आग्रह गरेका हुन् ।

सो पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, विविधायुक्त समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग र्पुयाउने कामना समेत उनले गरेका छन् ।
विश्व अहिले कोरोना महामारीको चपेटामा रहेको र सरकारले महामारी नियन्त्रणको लागि लकडाउन समेत गरेको हुँदा सम्पूर्ण इस्लाम धर्माबलम्बीलाई घरमै नमाज पढ्न तथा भीडभाड नगर्न उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !