जनकपुरधाम, वैशाख १२ गते । संक्रमितको उपचारमा एवं क्वारेन्टाईनमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीलाई कोरोना परिक्षण र क्वारेन्टाईनमा राखिने भएको छ ।
बिहीवार संक्रमण पोजेटिभ देखाएको सर्लाही जिल्ला धनकौलका एक १४ वर्षिय युवकलाई आइसोलेशनमा राखि दुई दिन उपचार गरिएएको र क्वारेन्टाईनमा निगरानी राख्ने चिकित्सक स्वास्थ्यकर्मीलाई मापदण्ड अनुसार कोरोना परिक्षण र क्वारेन्टाईन पठाइने भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरका कोरोना उपचार समितिका प्रमुख कुलदिप पण्डितले लोकपुकारसँग कुरा गर्दै भने डब्लुएचओ र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार संक्रमितको सम्पर्कमा आएकालाई परिक्षण एवं सात दिन होम क्वारेन्टाईनमा राखिन्छ ।
सोही मापदण्ड अनुसार कन्टयाक्ट ट्रेडिङ्गको आधारमा ती युवकको सम्पर्कमा आएका जो कोही पनि चाहे चिकित्सक स्वास्थ्यकर्मी होस वा अन्य व्यक्ति सबैलाई परिक्षण गरिनेछ र होम क्वारेन्टाईनमा राखिनेछ ।
त्यस्तै स्वास्थ्य निर्देशनालय प्रदेश २ का सह निर्देशक डा. विजय झाले पनि संक्रमित युककको कन्टयाक्ट ट्रेसिङ्ग प्रक्रिया अघि बढाइएकोले उनको उपचार र निगरानीमा रहेका सबै चिकित्सक स्वास्थ्यकर्मी र परिवार वा आफन्त सबै व्यक्तिलाई प्रक्रिया अनुसार कोरोना परिक्षण र होम क्वारेन्टाईनमा राखिने बताए ।
स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई पनि शुरुमा आरडीटी त्यसपछि पीसीआर परिक्षण गरिनेछ भएको छ र सो अवधिमा तिनीहरुलाई होम क्वारेन्टाईनमा राखिनेछ । चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि कोरोना परिक्षण र होम क्वारेन्टाईन राखिने कुरालाई लिएर प्रादेशिक अस्पतालमा त्रासको वातावरण उत्पन्न भएको छ ।

घटना अनुसार लकडाउन अवधिमा भारतबाट फर्किएका १४ वर्षिय युवकलाई हरकठवा स्थित क्वारेन्टाईनमा राखिएको थियो । त्यहाँ आरडीटी परिक्षण पोजेटिभ देखाएपछि पीसीआर परिक्षण र उपचारका लागि वैशाख ५ गतेका दिन प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो ।
उनलाई दुई दिनसम्म प्रादेशिक अस्पतालकै आइसोलेशनमा राखेर उपचार गरियो । सो अवधिमा प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण पनि निगेटिभ आएपछि वैशाख ७ गतेका दिन डिस्चार्ज गरी पुनः क्वारेन्टाईनमा पठाइयो । तर अस्पतालले भेरिफिकेसन गर्न थप परिक्षणका लागि नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइयो, डिस्चार्जको चार दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको छ ।

यस घटनाले चिकित्सक र स्वास्थ्यकर्मीहरुबीच त्रासको वातावरण उत्पन्न गरेको छ । रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल र स्वास्थ्य निर्देशनालयले कन्टयाक्ट ट्रेडिङ्गको कार्य शुक्रवारदेखि अघि बढाएसंगै पुनः उपचारका लागि संक्रमितका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !