जनकपुरधाम, वैशाख ८ गते । जनकपुरधामको बाटोमा पैसा फालेर त्रास फैलाएको आरोपमा पक्राउ परेकी महिला रिहा भएको छ ।
गत तीन दिनअघि जनकपुरधाम ५ स्थित महावीर चौकको सडक र विभिन्न पसलको सटरमा १० रुपैयाको नोट फालिएको देखिएपछि अनुसन्धानको क्रममा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेका थियो । उनलाई जनकपुरधाम ७ जानकी नगरस्थित आफ्नै घरबाटै पक्राउ गरिएको थियो ।

पैसा फालेको र उनीहरुमा कोरोना समेत पुष्टि नभएपछि दुवै महिलालाई प्रहरीले आइतबार बेलुका रिहा गरेको हो । प्रहरीले सीसीटिभी फुटेज, प्रत्यक्षदर्शीको भनाई र दुवै महिलाको बयानको आधारमा अनुसन्धान गर्दा ती महिलाहरुले पैसा फालेको पुष्टि नभएको र कोरोना पोजेटिभ समेत नदेखिएकाले दुवैजनालाई छाडिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन ।
ती महिलाहरुले बयानको क्रममा बैंकबाट पैसा साटेर घर जाँदै गर्दा महावीर चौकमा पुग्दा प्रहरीलाई देखेर दौडिन थालेपछि पैसा बाटोमै झरेको तथ्य अनुसन्धानमा भेटिएको प्रहरी नायव उपरीक्षक कार्कीले भने ।
उनले भने अनुसन्धानबाट न त ती दुवै जनाले पैसा फालेको र न तिनीहरुमा कोरोना पोजेटिभ भेटिएकोले होम क्वारेन्टाइनमा बस्न भन्दै छाडिएको हो । पक्राउ पश्चात प्रहरीले प्रादेशिक अस्पताल जनकपुरमा आरडीटी परिक्षण पोजेटिभ आएको थियो भने पीसीआर परिक्षण निगेटीभ आएको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !