वीरगंज, वैशाख ६ गते । गएराति आएको भीषण हावाहुरीले रौतहटमा सशस्त्र प्रहरी बस्ने घर भत्किँदा एकजना हवल्दारसहित ४ जना प्रहरी घाइते भएको छ ।
भारतीय सीमानासंगै जोडिएको जिल्लाको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र बस्ने घर भत्किँदा एकजना हवलदार सहीत ४ जना प्रहरी घाइते सशसत्र प्रहरी रौतहटले जनाएको छ ।
बिओपीका ईन्चार्ज प्रहरी निरिक्षक दिपनरसिंह राईले असिना र पानी परिरहेको बेला प्रहरीहरु आफ्नै कोठामा बसिरहेका थिए । एक्कासि आएको हुरीले घर भत्काँउदा सशस्त्र प्रहरी हवलदार जंगबहादुर दराई, प्रहरी जवानहरु धिरेन्द्र साह कलवार, बिरेन्द्र साह कानु र प्रथलाल श्रेष्ठलाई चोटपटक लागेर घाइते भएको भने ।

घाइतेहरुको बंकुलस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको निरिक्षक राईले जानकारी दिएका छन । बंकुलस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको कार्यालय स्थापना देखि नै खपडा र कर्कटको छाना रहेको कच्ची घरमा बस्दै आएका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !