जनकपुरधाम, वैशाख ५ गते । जनकपुरधामको महावीर चौकमा थुक लगाएको पैसा फ्यालेर त्रास उत्पन्न गर्ने अपरिचित ती दुई महिलाको फोटो प्रहरीले सार्वजनिक गरेको छ ।
घटनाको ४ घण्टापछि अनुसन्धान गर्दै जाँदा सिसिटीभीको मद्दतले प्रहरीले ती महिलाको पहिचान गर्दै फोटो सार्वजनिक गरेका हुन । प्रहरीले सो फोटो सार्वजनिक गर्दै कहि कतै ती महिला फेला परे जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गराउन अनुरोध गरेका छन ।
प्रहरीले सार्वजनिक गरेको ती फोटोमा देखिने ती महिला स्थानीयले दाबी गर्दै आएको मुस्लिम समुदायकै रहेकी छिन । टाउको बुर्का लगाइएको कारण अनुहार फोटोमा प्रस्ट देखिदैन ।

घटना पश्चात एक प्रेस विज्ञप्ति जारी जिप्रका धनुषाले जानकारी हुनासाथ प्रहरी घटनास्थलमा गई ती नोटहरु नियन्त्रणमा लिई संक्रमण संकास्पद भएको हुनाले परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालामा पठाइ सकिएको जनाएको छ ।
साथै घटना पश्चात सो क्षेत्रलाई सेनिटाइज्ड गरिसकिएको र कुनै गलत समाचारहरुको भ्रममा नलाग्न नगरवासीसँग आग्रह समेत जिप्रका धनुषाले गरेको छ ।
यस्तो थियो घटना
शुक्रवार दिउंसो करीब एक बजेको समयमा महावीर चौकको बीच सडक र केही पसलको सटरभित्र १० र २० रुपैयाको नोट फालेर अपरिचित दूई महिला भागेकी थिइन । घटना पश्चात सो पैसा कोरोना संक्रमितले फालेको हुन सक्ने आशंकाले स्थानीय त्रसित बनेका थिए ।

स्थानीयले निलो र हरियो रंगको साडी लगाएका मुस्लिम समुदायकी महिला दाबी गरेका थिए । दुवै महिलाले करिब सय मिटरको दूरीसम्म फरक फरक स्थानमा गरि सडक र पसलको सटर भित्र तथा छेउमा पैसा फ्यालेको देखिएको थियो ।
एक स्थानीयले संचारकर्मीसँग कुरा गर्दै भने ती महिलाले पैसामा थुक लगाई बेडेर सडक र सटर भित्र हालिरहेको देखिर्यौ, यो पैसा किन यहाँ फालेको सोध्न खोज्दा कुदेर भागेको थियो । घटना पश्चात सो क्षेत्र नै त्रसित बन्न गएको छ ।
केही दिनअघि भारतीय संचार माध्यमले भारतका विभिन्न शहरमा मुस्लिम महिलाले घरको गेटमा थुक फाल्ने, घरभित्र पोलिथिनमा थुक हालेर घरको गेटभित्र फाल्ने तथा सडकमा थुक लगाएर रुपैया फाल्ने सहितका घटना सार्वजनिक गरेको थियो ।
सो घटना हप्ता दिनपनि बित्न नपाउंदै नेपालको जनकपुरधाम त्यस्तै घटना दोहरिन गएको छ । यी घटनाले केही संगठित व्यक्तिले साम्प्रादियकता भड्काउन उद्देश्यले यस्ता कार्य गर्दै आएको यहाँका राजनीतिककर्मी तथा बुद्धिजिवीहरुको बुझाई छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !