नयाँ दिल्ली, वैशाख ५ गते । भारतमा कोरोना भाइरस (कोभिड १९) का संक्रमितको संख्या वृद्धिदरमा कमी आएको छ ।
शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङ कार्यक्रममा अहिलेसम्म १३ हजार ३ सय ८७ पुगेको छ भने ४ सय ३७ जानको संक्रमणबाट मृत्यु भएको बताएको छ । त्यस्तै अहिलेसम्म १ हजार ७४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ नयाँ बिरामी थपिएका छन् भने सोही अवधिमा २३ जनाको मृत्यु भएको छ । अप्रिल १ देखि बढ्दै गएको कोरोना संक्रमणको वृद्धिदरमा ४० प्रतिशतले कमी आएको मन्त्रालयको दाबी छ ।
प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सचिव कोरोना जाँचका लागि ५ लाख किट प्रदेशहरुमा पठाइएको जानकारी समेत दिए । मन्त्रालयले अहिलेसम्म देशमा अत्यावश्यक वस्तु र सेवाको स्थिति नियन्त्रणमै रहेको जानकारी दिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !