वीरगंज, वैशाख ५ गते । प्रहरीले लकडाउनको फाइदा उठाउंदै मलखाद्यमा कालाबजारी गरेको आरोपमा बारामा एक कृषि सहकारीका सञ्चालक पक्राउ गरेका छन ।
लकडाउनको मौका छोपी सरकारी अनुदानमा खरिद गरिएको मल बढी मूल्यमा बेच्ने बढी मूल्यमा बेचेको आरोपमा बाराको कोल्हवी नगरपालिका १ कोल्हवी बजार बस्ने शम्भु साहलाई बारा प्रहरीले पक्राउ गरेका हुन ।

साहले कृषि सामग्री कम्पनी लिमिटेड कलैया तथा साल्ट ट्रेडिङ्ग वीरगञ्जबाट ७ सयमा युरिया मल खरिद गरी ९ सयमा बिक्री गरेका थिए ।
बढी मूल्यमा मल बिक्री गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो साहलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताएका छन । पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको मिश्रको भनाइ छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !