
लहान, वैशाख ४ गते । नागरिकलाई देशभित्र छिर्न दिने मुद्दामा भारतीय सुरक्षाकर्मीले सहमति पालना नगरेको गुनासो नेपाल प्रहरीले गरेको छ ।
भारतबाट नेपालतर्फ आउने ६ जना नेपालीलाई भारतीय प्रहरीले क्वारेन्टाइनमा नराखरी छाडेर भारतीय सुरक्षा निकायले एकअर्काका देशका नागरिकलाई आ–आफ्नै देशको क्वारेन्टाइनमा राख्ने नेपाल–भारतबीच सहमति पालना नगरेको देखिएको छ ।

गत वैशाख २ गते सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै ६ जना नेपाली राति १ बजे नेपाल प्रवेश गर्न खोज्दा नाकामा सशस्त्र प्रहरीले देखेपछि नियन्त्रणमा लिई भारतीय एसएसबीलाई जिम्मा लगाएका थिए ।
त्यसपछि सो एसएसबीले भारतको विहारस्थित मधुवनी जिल्लाको लदनियाँ थानालाई बुझाइदियो । तर लदनियाँ थानाले भारतको क्वारेन्टाइनमा नराखेर सोही राति नै उनीलाई नेपालमा ल्याएर छाडिदिएको सशस्त्र प्रहरी सिरहाले जनाएको छ ।
हाल उनीहरुलाई छाड्ने बित्तिकै पुनः नेपालका प्रहरीले पक्राउ गरेर औरही गाउँपालिकाको क्वारेन्टाइनमा लगेर बुझाएको छ ।
दुबै देशबीच आफ्नो भूमीमा रहेका नागकिलाई क्वारेन्टाइनमा राखेर खाना, स्वास्थ्य उपचार लगायतको व्यवस्था त्यही देशका सरकारले गर्नुपर्ने सहमती अनुसार आफूहरु भारत भूमिमा समातेर त्यहीँका एसएसबीलाई बुझाए पनि पुनः नेपालमा ल्याएर छाडिदिएको इटाटार सशस्त्र क्याम्पका प्रहरी निरिक्षक देवेन्द्र रोक्काले बताए ।
उनले भने यो एउटा प्रतिनिधिमूलक घटना मात्र हो, हामीले गर्दै आएको २४ औं घण्टाको डियुटीको क्रममा कयौं व्यक्ति भारतबाट नेपाल छिर्ने प्रयास गरिरहेका हुन्छन, हामीले सहमति कार्यान्वयन गर्दै आएका छौं तर भारतीय पक्षबाट सहमति पालना नभएको देखिएको हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !