जनकपुरधाम, वैशाख ४ गते । काठमाडौं उपत्यकामै १५ सय जनामा कोरोना संक्रमण रहेको’ भनि अफवाह फैलाउने पत्रकारलाई काराबाही गर्न नेपाल प्रहरीले प्रेस काउन्सिलमा सिफारिस गरेको छ ।

बिहीबार प्रेस विज्ञप्ति प्रकासित गरी प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले ‘सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले काठमाडौं उपत्यकामै १५ सय केस रहेको भन्ने भिडियो सेयर गर्ने व्यक्ति अनलाइनपत्रिका डटकमका अध्यक्ष एवं प्रधानसम्पादक सुविन कुमार श्रेष्ठलाई कारवाही गर्न सिफारिस गरेको छ ।
प्रहरीले त्यसबारे डा.राजभण्डारीसँग बुझ्दा आफूले भिडियोमा भने जस्तै केही कुरा निर्देशक राजभण्डारीले नभनेको र त्यसको नेपालखबर मार्फत खण्डन समेत गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले ‘उक्त अफवाहपुर्ण समाचार सम्प्रेषण गर्ने व्यक्तिलाई आवश्यक कारबाहीको लागि प्रेस काउन्सिल नेपालसँग विज्ञप्ति मार्फत माग गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !