जनकपुरधाम, चैत २६ गते । प्रदेश २ का राजधानी समेत रहेका जनकपुरधाम उपमहानगरपालिकामा पहिलो क्वारेन्टाईन निर्माण गरिएको छ ।
उपमहानगरपालिकाले कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि कुनै चासो नदेखाएपछि उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहलले व्यक्तिगत सहयोगमा आफ्नो वडामा क्वारेन्टाईन निर्माण गरेका हुन ।

वडास्थित श्रीरामजानकी आधारभूत विद्यालयमा ८ बेड सहितको क्वारेन्टाईन निर्माण गरिएको हो । सो क्वारेन्टाईनमा आर्थिक र प्राविधिक सहितको सम्पूर्ण व्यवस्थापन अध्यक्ष सहित वडा कार्यसमितिको सहयोगमा गरिएको जनाइएको छ । क्वारेन्टाईनमा चिकित्सक, स्वास्थ्यकर्मी सहित अन्य स्वयंसेवक निशुल्क रुपमा सेवा प्रदान गर्ने जनाइएको छ ।
बुधवारदेखि संचालनमा ल्याइएको सो क्वारेन्टाईनको निरिक्षण सहायक प्रमुख जिल्ला अधिकारी सरतकुमार पोखरेल, नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश सिंह, स्थानीय सुरक्षा अधिकारी लगायतका प्रतिनिधिले गरेका छन ।
संचारकर्मीसँग कुरा गर्दै वडाध्यक्ष साहले भने कोरोना भाइरसको उच्च जोखिममा जनकपुरधाम रहेपनि उपमहानगरका मेयर लालकिशोर साहले कुनै चासो नलिएपछि स्थानीय जनताको स्वास्थ्यको दृष्टिगत गर्दै वडा कार्यसमितिले व्यक्ति सहयोगमा क्वारेन्टाइन निर्माण गरेको छ । सो क्वारेन्टाईनलाई धनुषा चेम्बर्स अफ कमर्सले एकसय थान सर्जिकल मास्क सहयोग स्वरुप उपलब्ध गराएका छन ।
मेयर साहले बेवस्ता गरेको आरोप

उनले क्वारेन्टाईन निर्माणमा सहयोग गरिदिन पटक पटक मेयर साहलाई आग्रह गर्दा पनि बेवास्ता गर्दै आएको र प्रशासकीय अधिकृत समेतलाई सहयोग गर्न पत्र लेखेर नै सहयोग माग्दा मेयरले आदेश दिएपछि मात्रै गर्ने भनेर फर्काएको आरोप लगाए । वडाध्यक्ष साहले थप्दै मेयर समन्वयका लागि मेयर साहलाई पटक पटक फोन गर्दा पनि फोन नउठाएको र घरमा पनि भेटन नचाहेको समेत गुनासो गरे ।
साथै संचारकर्मीको जिज्ञासामा वडाध्यक्ष साहले भने हालका लागि यस विद्यालयमा ८ वटा बेडको व्यवस्था गरिएको छ । तर आवश्यकता परे भने शंकर टेक्नीकलन संचालन भइरहेको आफ्नो भवन क्वारेन्टाईनको दिने र त्यसमा कम्तिमा ४० बेडको व्यवस्थापन गर्ने हाम्रो तयारी रहेको बताए ।
सुरक्षा र प्राविधिक उपकरण व्यवस्था गरिने : सहायक प्रजिअ

निरिक्षणमा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले भने वडाध्यक्ष साहको सहयोगमा उपमहानगरपालिकामै पहिलो क्वारेन्टाईन निर्माण हुनु भनेको सराहनीय काम रहेको छ, हामीले निरिक्षण गरयौं मापदण्डके केही कमी कमजोरी त्यो चाँडै नै पुरा हुने विश्वास लिएको छु ।
साथै उनले क्वारेन्टाईनमा सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयलाई भनेर चाँडै नै व्यवस्थापन गर्नेछु, जहाँसम्म पिपिई लगायतका प्राविधिक कुरा छ त्यसका लागि हामी पहल गर्नेछौं भने ।
त्यस्तै क्वारेन्टाईन खटिएका चिकित्सक डा. सन्तोष साहले भने हामी जनताको सेवा गर्ने उद्देश्यले निशुल्क रुपमा खटेका छौं, पिपिई सहित चेकजाँचको उपकरणको कमी छ त्यो चाँडै नै पुरा गर्ने वडाध्यक्षले प्रतिबद्धता जनाएको छ । जबसम्म सुरक्षा सामाग्रीको व्यवस्थापन हुदैन तबसम्म हामी जोखिम मोल लिएरपनि जनताको सेवा गर्नेछौं भने ।

उपमहानगरपालिका कोरोना भाइरसको रोकथामका लागि जारी लकाउनमा गरीब, असहाय, दलित र दैनिक काम गर्ने मजदूरलाई खाद्यान्न राहत उपलब्ध गराउने कुरामा बेवास्ता गर्दै आएपछि वडाध्यक्ष साहले आफ्नो व्यक्तिगत खर्च र विभिन्न संघ संस्थाको सहयोमगा आफ्नोमा खाद्यान्न राहत वितरण गराउंदै आएका छन ।
उपमहानरपालिकाद्वारा बेवास्ता
यसैबीच उपमहानगरपालिकाका मेयर साहले आफ्ना कार्यालयबाट सरसफाईमा खटने मेस्तर स्वीपर लगायतका कर्मचारीलाई मास्कसम्म उपलब्ध गराउन नसकेको अवस्थामा नेपाल पत्रकार महासंघ धनुषाले मंगलवार ती स्वीपर मेस्तरहरुलाई मास्क र ह्याण्डस ग्लब्स उपलब्ध गराएका छन ।
कोरोना भाइरस महामारी विश्वभरि फैलिएको महिनौ बितिसक्दा पनि जनकपुरधाम उपमहानगरपालिकाले कुनै पुर्वतयारी नगरेको अहिलेसम्म देखिएको छैन । त्यति मात्र होइन लकडाउन जारी भएको १६ औं दिनसम्म न त क्वारेन्टाईनको व्यवस्थापन गर्न सकेको छ न भोकमरीमा रहेका नगरवासीलाई खाद्यान्न राहत सामाग्री उपलब्ध गराउन सकेको छ ।
जबकि उपमहागरपालिकामा विपद् व्यवस्थापन कोषमा ८३ लाख र प्रदेश सरकारले उपलब्ध गराएको २० लाख समेत गरी एक करोड ३ लाख रुपैया रहेपनि त्यसलाई हालसम्म सदुपयोग गर्न सकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !