जनकपुरधाम, चैत २३ गते । मधेशी पत्रकार समाज नेपालले कोरोना भाइरसको महामारीको बेलामा ज्यानको परवाह नगरी जोखिम मोल लिएर सूचना सन्देश प्रवाह गर्दै आएका पत्रकारहरुका लागि विशेष राहत र बीमाको व्यवस्था गर्न मांग गरेको छ ।
आइतवार मधेश पत्रकार समाज नेपालका प्रदेश २ र धनुषा शाखाले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी विश्व सहित नेपाल समेत कोरोना भाइरस महामारीको अवस्था रहेकोमा ज्यानको परवाह नगरी जोखिम मोल लिएर आम नागरिकलाई पल पलको सूचना तथा सन्देश प्रवाह गर्दै आएको छ ।
प्रदेश सरकार र संघीय सरकारले महामारीको बेला कार्यरत चिकित्सक, सेना र प्रहरी निकायका कार्य क्षेत्रमा खटनेलाई बिमा र प्रोत्साहन स्वरुप थप रकम दिने लगायतका विभिन्न प्याकेजको व्यवस्था गरेको छ । तर ज्यानको परवाह नगरी पल पलको सूचना तथा सन्देश आम नागरिकलाई प्रवाह गर्ने पत्रकारका लागि कुनै पनि तहका सरकारले राहत र बीमाको व्यवस्था नगरेको उल्लेख गर्दै यथाशिघ्र यथाशिघ्र विशेष राहत र बीमाको व्यवस्था गर्न मांग गरेको छ ।
कोरोना भाइरस विरुद्ध लकडाउन समेत जारी रहेको अवस्थामा खुल्ला सीमानाका र वैदेशिक रोजगारमा जानेहरुको बढी संख्या भएको प्रदेश नं. २ अति नै उच्च जोखिममा रहेको छ ।
संक्रमणकालिन संवेदनशील अवस्थामा पत्रकारहरुले आ आफ्नो पेशागत धर्म निर्वाह गर्दै जोखिम मोल लिएर पनि कार्यक्षेत्रमा अहोरात्र खटदै आएको समेत उल्लेख गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !