Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

चीनबाट ल्याएका कीट प्रयोगमा नल्याइने, दर्ता नै छैन सप्लार्स कम्पनी


काठमाडौं, चैत १९ गते । कोरोना भाइरस विरुद्धको चीनबाट खरीद गरिएका मेडिकल सामाग्री तत्काल प्रयोगमा नल्याइने नेपाल सरकारले जनाएको छ ।

चीनबाट उत्पादित कोरोना विरुद्धको मेडिकल सामाग्री गुणस्तरहीन रहेको आलोचना भइरहेको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी चीनबाट खरीद गरिएका ¥यापिड किट गुणस्तरको निक्र्यौल भएपछि मात्रै प्रयोगमा जनाएको छ ।

सो विज्ञप्तिमा अनाधिकृत श्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउने बितिकै यस्तो नगर्न आग्रह गरिएको भनिएको छ । सरकारले खरीद गरेको कीटको गुणस्तर जाँच्न नेपाल जनस्वास्थ्य अनुसन्धान परिषदलाई अनुरोध गरिसकिएको र परिषदले प्रयोग गर्न भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि प्रयोग वितरणमा ल्याइने मन्त्रालयले जनाएको छ ।

चीनबाट खरीद गरिएको कीट चीन सरकारले प्रमाणित गरिकसकेको कीट रहेको दाबी गर्दै मन्त्रालयले नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौ टेस्ट गर्नुपर्ने अवस्थामा पीसीआर मेसिनले धान्न सक्ने अवस्था नरहेकोले ¥यापीड टेस्ट किट प्रयोग गरी स्क्रिनिंग गर्ने र शंकास्पद पीसीआर प्रविधिबाट जाँच गर्ने निक्र्यौल गर्ने अन्तराष्ट्रिय मान्यता अनुसार गर्न खोजिएको विज्ञप्तिमा भनिएको छ ।

सरकारले परिक्षणपछि मात्रै ¥यापिड कीट प्रयोगमा भनेपनि यसअघि नै कीट लगायतका सामाग्रीहरु प्रदेशहरुमा पठाइसकेको छ । प्रदेश नम्बर १ ले चीनबाट आयातित मेडिकल सामाग्रीको गुणस्तरमा शंका उपशंका लागेपछि कीट प्रयोग गर्न मानेको छैन ।

स्मरणीय के छ भने यसअघि चीनबाट उत्पादित किट, मास्क, पीसीआर मेसिन बारे नेदरल्याण्ड, स्पेन र चेक रिपब्लिकले गुणस्तरहीन रहेको भन्दै प्रयोगमा नल्याई फिर्ता गर्न भनिसकेका छन । पछिल्लो पटक नेपाल ल्याउन लागिएको किटलाई गुणस्तरहीन रहेको भन्दै तिब्बत सरकारले रोकेको थियो ।

दर्ता छैन मेडिकल सामाग्री विक्री गर्ने कम्पनी

सरकार स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथामका लागि चीनबाट सामान ल्याउन अनुमति दिएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल (ओम्नी ग्रुप) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता नै नभएको रहस्य खुलेको छ ।

विभागका महानिर्देशका नेत्रप्रसाद सुवेदीका अनुसार कोरोना विरुद्धको मेडिकल सामाग्री विक्री गर्ने कम्पनी ओम्नी ग्रुप दर्ता नै छैन । उनले संचारकर्मीहरुको जिज्ञासामा भने ठयाक्कै यो नामको कम्पनी दर्ता छैन तर २०५३ सालमा ललितपुरको ठेगानाबाट यस्तै नाम गरेको एक कम्पनी दर्ता त छ तर त्यो पनि नवीकरण भएको छैन ।

यता ओम्नी ग्रुपले आफ्नो वेघसाइटको होमपेजमा दूर संचार वा आइटी सँग सम्बन्धित काम गर्ने भनेर “अ कम्पलीट आईटी सोलुसन प्रोभाइडर” भनी उल्लेख गरेको छ । त्यो कम्पनीले आईटीसँग सम्बन्धित काम गर्ने पाउनेछ तर मेडिकल सप्लायर्सको काम कानून विपरित गरेकोमा मन्त्रालयले नियम विपरित काम गरेको देखिन्छ ।

उत्पादन वा व्यवसाय र आपूर्तिसँग सम्बन्धित कामका लागि अन्य निकायले समेत स्वीकृति दिने भएपनि व्यापार गर्ने प्रयोजनका लागि खोलिएको कम्पनी भने वाणिज्य विभागमा दर्ता हुनैपर्छ ।

प्राइभेट फर्म रजिस्ट्रेसन (बाह्रौं संशोधन) नियमावली २०७६ को नियम २ को उपनियम ३ अनुसार ‘निकासी पैठारीसम्बन्धी प्राइभेट फर्म रजिस्ट्रेसन गराउन चाहने व्यक्तिले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएको हुनुपर्ने’ कानुनी व्यवस्था छ ।

यसबाट के स्पष्ट हुन्छ भने सरकारले औषधिलगायत सामाग्री खरिद गर्दा कम्पनीको स्थापनाको अधिकार पत्र, प्रमाणपत्र, प्रबन्धपत्र तथा नियमावलीमा के गर्न पाउने र के गर्न नपाउने भन्ने पक्षलाई नदेखेर कानून विपरित काम गरेको छ ।

यता व्यापार व्यवसायको इजाजत नै नपाएको ओम्नी ग्रुपले कसरी चीनबाट सामान ल्याएको हो भन्ने विषयमा विभागले सोधीखोजी भइरहेको विभागले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव