Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नेपाल ल्याउन लागिएको कोरोना परीक्षण चिनियाँ किट बाटोमै रोक्यो


काठमाडौँ, चैत १५ गते । विश्वभरि महामारीको रुप लिएका कोरोना भाईरस (कोभिड–१९) परिक्षण, रोकथाम तथा उपचारका लागि चिनबाट नेपाल ल्याउन लागिएको परिक्षण कीट तिब्बत सरकारले बीच बाटोमै रोकेको छ ।

बुधबार चीनको हृवा खथाई अर्थात् बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले २ हजार जनालाई कोरोना भाईरस (कोभिड–१९) को परिक्षण गर्न सकिने किट नेपाली दूतावासलाई उपलब्ध गराई नेपाल पठाउन लागेको थियो तर गुणस्तरहीन रहेको भन्दै तिब्बतले बाटोमै रोकेको बुझिएको छ ।

आपूर्ति प्रणालीमा संलग्न एक उच्च अधिकारीका अनुसार सहयोग सामाग्री तिब्बतको ल्हासा पुगिसकेका थिए, तर चीनको नेशनल मेडिकल प्रोडक्सन एडमिनिस्ट्रेसनले तय गरेको कोरोना भाइरस परीक्षणका झण्डै डेढ दर्जन किटभित्रको सूचिभित्रको यो सामग्री नरहेको भन्दै रोकेको हो ।

कोरोना परीक्षणका जाँच किटले ३० प्रतिशत विरामीको मात्रै पहिचान गर्न सकेको, रोग लागेपनि ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता लगाउन नसकेको र गुणस्तरहीन भएको भन्दै स्पेनले चिनियाँ कम्पनीबाट आपुर्ती भएका सामाग्री फिर्ता गर्ने निर्णय यसअघि गरिसकेको छ ।

तिब्बतको स्वास्थ्य विभागले अहिले नेपाल पठाउन लागिएका किट निर्यातयोग्य नभएको पुष्टि गरेको छ, जानकारी परराष्ट्र मन्त्रालय मार्फत् हामीले पनि शनिबार बिहान पाइसकेका छौं,’ महावाणिज्य दूतावासका प्रवक्ता जिम्सन रुम्दाली राईले फोनमा विभिन्न संचार माध्यमको जिज्ञासामा बताएका छन ।

नेपाल आउन सामान रोकिनुको कारण यस्तै गुणस्तरहिन पर्ला भन्ने भएपनि चीनले प्राविधिक कारणले पठाउन नसकिएको र आफ्नो सरकारी निकायले त्यसलाई हेरिरहेको जानकारी नेपाललाई दिइसकेको छ। ‘यो रोकिएपछि चिनले नेपालका लागि अति आवश्यक किट तथा अन्य सामाग्री पठाउने विकल्पहरु हेरिरहेका छौं भन्ने जानकारी दिएको छ,’ ति अधिकारीले भने।

चीन सरकारले नेपाललाई अनुदानमा दिन लागेको स्वास्थ्य सुरक्षा सामग्रीको सूचीमा अहिले पठाउन लागिएको किट उल्लेख नभएको कारणले तिब्बत सरकारले ती सामग्री रोक्का गरेको प्रवक्ता राईले बताए । ‘किटको गुणस्तर अथवा अरु पक्षबारे थाहा भएन तर निर्यात योग्य नभएको भन्ने जानकारीका आधारमा यो सामग्री तत्काल नेपाल जान नसक्ने खबर हामीले परराष्ट्र मन्त्रालयमा गरिसकेको उनको भनाई छ ।

चीनबाट आउने मेडिकल सामग्री, परीक्षण उपकरण आदि गुणस्तरीय नभएको भन्दै स्पेन, चेक गणतन्त्रजस्ता मुलुकमा चिनिया सामग्री बहिष्कार गरिएको हालैको घटनाक्रमबारे काठमाडौंमा परराष्ट्र र स्वास्थ्य मन्त्रालय ‘बेखबर’ रहेको आरोप लाग्न थालेको छ ।

चीन सरकारले आफैले १९ वटा कम्पनीहरु सूचीकृत गरी त्यसमार्फत मात्रै चिनियाँ सहयोग पठाउने गरेको छ । त्यो १९ कम्पनीको सूचीमा बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनी पर्दैन ।

त्यो कम्पनीले गुणस्तरहिन सामाग्री नै आपूर्ति ग¥यो भन्ने चहि हैन,’ भन्दै ती अधिकारीले ‘स्वास्थ्य सम्बन्धी किटको गुणस्तर उस्तै नहुने र कतिपय मुलुकमा पठाइएको सामग्री कमसल रहेको सार्वजनिक भएपछि चीनले आफ्ना सूचीकृत १९ कम्पनीहरुबाट मात्रै सामान आपूर्ति गर्ने गृहकार्य स्वरुप कडाई गरेको बुझिन्छ । त्यसकारण यो कम्पनीले नेपाली दुतावासलाई सोझै उपलब्ध गराएको सामान बिच बाटैमा रोकिदिएको उनले बताए ।

बेइजिङ साभान्ट बायोटेक्नोलोजीले चिनस्थीत नेपाली दूतावासलाई ३० हजार अमेरिकी डलर (हालको विनिमय दर अनुसार ३६ लाख नेपाली रुपैयाँ) बराबरका २ हजार किट सहयोग स्वरुप उपलब्ध गराएको थियो। यि सामाग्री आयात गर्नका लागि नेपाल सरकारले भन्सार छुट तथा भर्खरै खुलेको तातोपानी नाकाबाट जाँचपासको प्रबन्ध गरिसकेको थियो ।

चीनबाट हिँडेको यी किट समेत रोकिएको, नेपालमा मौज्दातको सकिंदै गएकोले अहिले धेरैलाई परिक्षण गर्नुपर्ने आवश्यकता रहेकाले परिक्षण सामाग्री तत्काल ल्याउनुपर्ने दबाब सरकारमाथि पर्दै गएको छ ।

कोरोनाको संक्रमण फैलनु पूर्व नेपालसंग यस्तो किट करिब २ हजार जनालाई परिक्षण गर्न सक्ने मात्रै थियो ती मध्ये ८ सय ७५ जनामा प्रयोग भइसकेकोले अब करीब करिब १२ सय जनालाई परिक्षण गर्न पुग्ने किट मात्रै छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव