नयाँ दिल्ली, निर्भया सामूहिक बलात्कार काण्डका आरोपितहरुलाई ७ वर्षपछि मृत्युदण्ड (फाँसी) दिइएको छ ।
सामूहिक बलात्कारमा संलग्न आरोपमा अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो ।
यसअघि अदालतले फाँसी दिन दिएको आदेशविरुद्ध एक अभियुक्तले त्यहाँको सर्वोच्च अदालतमा अपिल गरेका थिए । सर्वोच्चले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई मृत्यु दण्ड दिइएको हो ।
निर्भयाको बलात्कार र हत्या मामिलामा उनीहरूलाई सन् २०१३ मा फाँसीको सजाय सुनाइएको थियो । तर उनीहरूले सजाय रोक्न माथिल्लो अदालतदेखि राष्ट्रपतिसम्म गुहार्ने गरेपछि सजाय टर्दै आएको थियो ।
घटनामा संलग्न भनिएका अर्का एक आरोपित राम सिंहको मुद्दाकै क्रममा सन् २०१५ मा मृत्यु भइसकेको छ । त्यतिबेला उनले जेलमा आत्महत्या गरेको बताइएको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !