Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मदिरा प्रकरण : पैसा कमाउन मौत बेच्दै सरकार

वार्षिक अर्बौ रुपैया कर असुल्न संचालन गराइंदै छ मदिरा कम्पनी


एस कर्ण । जनकपुरधाम, संसार भरि नै आम जनताको शिक्षादेखि स्वास्थ्य सम्पूर्ण जिम्मेवारी सरकारको रहेको छ । हाम्रो देश नेपालमा पनि त्यही व्यवस्था छ ।

हाम्रो देश त अन्य देशको तुलनामा संघीय, प्रदेश र स्थानीय गरी ती तह सरकारको संवैधानिक व्यवस्थाले बढी व्यस्था हुनुपर्नेमा पैसा कमाउन सरकार ज्यानमारा नै साबित हुंदै गएको छ ।

स्वास्थ्यमा प्रतिकूल असर सहित मृत्युसम्मको अवस्थामा पुरयाउने मदिराबाट पैसा कमाउन नेपाल सरकारले उत्पादन तथा विक्री वितरण गराउंदै आएका छन । एक तथ्यांक अनुसार सरकारले औषतन प्रतिवर्ष २५ अर्ब रुपैयाभन्दा बढी मदिराजन्य पदार्थबाट कर असुल्दै आएका छन ।

अखाद्य मिश्रित अवैध घरेलु मदिराले मान्छेलाई तत्काल मृत्यु र ब्राण्डेडबाट मन्द विषको रुपमा बिरामी पार्ने भएको हुनाले पनि सरकारले त्यसलाई रोक्नुपर्नेको सट्टा त्यसलाई प्रोत्साहन गर्न डिस्ट्रलरीको रुपमा दर्जनौ उत्पादन कम्पनी संचालन गराउंदै आएका छन ।

अल्कोहल, स्प्रिट, युरिया मल, सख्खर, फोहोर प्लास्टिक, चप्पल, मोजा र कुहाएको अन्नले विषाक्त मदिरा उत्पादन गरिन्छ । यो बाहेक अवैध घरेलु मदिरा उत्पादकले अल्कोहलको मात्रा कम र कुहिएको अन्न, युरिया, प्लास्टिकजन्य पदार्थ लगायतका बढी प्रयोग गर्ने गर्छन ।

धनुषामा हालै मदिरा सेवनले २० जना भन्दा बढीको मृत्यु भएको छ । धनुषामा प्रत्येक वर्ष औषतन एक दर्जनभन्दा बढीको प्रत्यक्ष रुपमा मदिरा सेवनले मृत्यु हुने गरेको प्रादेशिक अस्पतालको तथ्यांक छ । तर यसलाई रोक्न न त संघ, प्रदेश वा स्थानीय सरकारले कुनै ठोस कदम चालेको छ । घटना भएपछि मात्रै प्रहरीले अवैध मदिरा भट्टी नष्ट पार्ने कार्य शुरु गर्छन पछि त्यो अभियान बन्द हुन्छ ।

सरकारले प्रत्यक्ष रुपमा कर लिएर ज्यानमारा मदिरा उत्पादन गराउंदै आएका छन भने प्रहरी प्रशासनले मोटो रकम घुस लिई अवैध रुपमा घरेलु मदिरा भट्टी संचालन गराउंदै आएका छन ।
धनुषामा मात्रै पाँच वटा डिस्ट्रिलरी दर्ता भएर सञ्चालनमा छन । दुई सयको हाराहारीमा अवैध घरेलु मदिराको कारखानाको संचालनमा छ ।

अन्तःशुल्क ऐन २०५५ मा विना इजाजत मदिरा उत्पादन तथा बिक्री गर्ने व्यक्तिको बिगो जफत गरी सोबमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । तर ब्राण्डेड मदिराबाट मृत्यु हुने वा अन्य शारिरीक क्षति भएमा त्यसलाई कारवाही गर्ने कुनै व्यवस्था कानूनमा गरिएको छैन ।

तथ्यांक भन्छ : मदिरा ज्यानमारा

गत ७ भदौ २०७५ मा बेलायतको ल्यानसेट जर्नलमा प्रकाशित ‘मदिरा सेवन र १९५ देशमा यसको असर’ विषयक अध्ययनले मदिरा पूर्ण रूपमा घातक रहेको निष्कर्ष निकालेको छ । अध्ययनले मदिरा सेवनका कारण रोग निम्तिने, अशक्तता र मृत्युको सम्भावना र कलह बढाउने देखाएको छ ।

अमेरिकाको ‘इन्ष्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आईएचएमई)’ ले गरेको उक्त अध्ययनमा मदिरा सेवनका कारण नसर्ने रोगको जोखिम बढ्ने, शारीरिक अशक्तताको समस्या निम्तिने र ज्यानै जाने खतरा रहेको उल्लेख छ ।

सन् १९९० देखि २०१६ सम्मको तथ्यांक विश्लेषण गरिएको अध्ययनमा नेपालमा महिलाको तुलनामा पुरुषले बढी मात्रामा मदिरा सेवन गर्ने गरेको देखाएको छ । नेपालमा २१ प्रतिशत पुरुष र १.५ प्रतिशत महिलाले मदिरा सेवन गर्ने गरेको अध्ययनमा उल्लेख छ ।

अध्ययनले नेपालमा औसतन मदिराका कारण वार्षिक ३ हजार ९ सय ७२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । नेपालको यो संख्या सन् १९९० मा ८३५ मात्र थियो । यसको संख्या प्रतिवर्ष बढदै गएको छ । सन् १९९० देखि २०१६ सम्मको तथ्यांकलाई आधार मान्दा मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या २६ वर्षको अन्तरमा ३ सय ७६ प्रतिशतले बढेको छ ।

नेपालमा सोही वर्ष लिभर सिरोसिस र कलेजोको दीर्घ रोगका कारण १ हजार ३ सय ६६ जनाको मृत्यु भएको अध्ययनले देखाएको छ । मदिरा सेवनका कारण रोग लागेर अशक्त हुनेहरूको संख्या नेपालमा सन् २०१६ मा १ लाख ८४ हजार ९६८ रहेको अध्ययनले देखाएको छ । कलेजो सम्बन्धी यस्ता स्वास्थ्य समस्या निम्तिनुमा मदिरा सेवन नै प्रमुख कारण भएको प्रतिवेदनको दाबी छ ।

नेपालको तथ्यांक

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सन् २०१३ को तथ्यांक अनुसार १५ वर्षमाथिको कुल जनसंख्याको करीब आधाले मदिरा सेवन गर्ने गरेको देखाएको थियो । १५ वर्षभन्दा माथिको कुल जनसंख्यामध्ये दैनिक नछुटाई मदिरा पिउने पुरुषको संख्या २८ प्रतिशत र महिलाको संख्या ७ प्रतिशत छ ।

मदिराले स्वास्थ्यमा पार्ने असर

मदिरा सेवनले शरीरको कलेजोमा बढी असर सहित क्यान्सर, लिभर खराब, लगायतका रोग हुने गर्छ । एक पटकमा असर नपारे पनि मन्द विषले विस्तारै विस्तारै बिरामी पार्दै जान्छ ।
यदि दिनहुँ एक लार्ज पेग मदिरा पिउनुहुन्छ भने त्यसले तपाईंको कलेजो मात्र खराब गर्दैन ।

अन्य अंगमा पनि समस्या निम्त्याउँछ । त्यसमा प्याक्रियाटाइटिस, डिप्रेसन, प्रजनन क्षमतामा कमी, उच्च रक्तचाप, मुख र कलेजोको क्यान्स, मोटोपन, स्नायु प्रणालीमा असर, स्ट्रोक आदि हुनसक्छ ।

मदिरा सेवनले शारिरीक क्षतिका संगै पारिवारिक कलह, झै झगडा, मानसिक सन्तुलन विक्षिप्त, सद्भाव बिगार्ने लगायतका समाजिक असर गर्छन । अधिकांश परिवारमा मदिराले गर्दा नै कलह हुने गरेको मानवअधिकारवादी संघ संस्थाहरुको भनाई छ ।

शरीरमा कसरी असर गर्छ मदिरा

हामीले कुनैपनि तरल पदार्थ खाँदा त्यसको प्रोसेसिङ कलेजोले गर्छ । तर, मात्रा भन्दा बढी मदिरालाई कलेजोले एकै पटकमा धेरै मदिरा प्रोसेसिङ गर्न सक्दैन । मात्राभन्दा बढी मदिरा शरीरमा पुगेपछि कलेजोमा प्रोसेसिंग हुंदै उक्त मदिरा पेट र सानो आन्द्रा हुँदै रगतमा घुलनसिल हुन पुग्छ र शरीरको सबै अंग पुग्छन ।

रगतमा घुलिएको यो रगत एक विशेष किसिमको इन्जाइम बन्न लाग्छ, जसलाई एसिडएल्डिहाइड भनिन्छ । यो इन्जाइमले तपाईंको कलेजोलाई नराम्ररी क्षति पु¥याउँछ । लामो समयसम्म धेरै मात्रामा मदिरा पिउने व्यक्तिको कलेजो विस्तारै विस्तारै खराब हुन थाल्छ । कलेजोले ६० देखि ७० प्रतिशतसम्म काम गर्न बन्द गरेपछि कुनैपनि गम्भीर रोग लाग्न सक्नेछ ।

हुनत मदिरा सेवन घातक हुन, तर नियन्त्रित मात्रामा सेवन गर्दा तत्काल असर गर्दैन मात्राभन्दा भन्दा बढी सेवन गरेमा मृत्यु निश्चित छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार सप्ताहको ४ दिनमा बढीमा ६० एमएल मदिरा खानुपर्छ यदि त्यो भन्दा बढी मात्रा भए घातक हुन्छ । तर दिनहुँ त्यही मात्रामा मदिरा सेवन गरेमा अल्पकालमै मृत्यु हुने निश्चित ।

यस्तो छ मदिराको बजार

नेपालमा मदिराको तीन खाले बजार छ । आयातीत, स्वदेशी बियर र रक्सी । नेपालमा यसको ६० अर्बभन्दा बढीको कारोबार हुन्छ । उद्योगहरू उत्पादनबाहेक घर—घरमा भट्टी राखेर बनाइने रक्सीको उत्पादन र उपभोगको बजारलाई हेर्दा यसको कारोबार १ खर्बभन्दा बढीको छ । सरकारले अन्तःशुल्कतर्फको मदिराबाट मात्र २५ अर्बभन्दा बढी राजस्व उठाउँछ ।

नेपालमा रक्सीजन्य पदार्थ १८ अर्ब ३० करोड ८४ लाखको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारबाट फर्किएका नेपालीले साथमा ल्याएको एक लिटर मदिराजन्य पदार्थको समेत गणना गर्ने हो भने चामल र रक्सीको आयात बराबरी हुन आउँछ । धनुषामा मात्रै मदिराको वार्षिक कारोबार ५० करोड रुपैयाँभन्दा माथिको हुने गरेको राजस्व विभागको अनुमान छ ।

छिमेकी राष्ट्र भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित भएपछि सीमावर्ती क्षेत्रमा व्यापक रुपमा मदिराको व्यवसाय बढेको छ । ब्राण्डेड भन्दा अवैध घरेलु मदिराको व्यवसायले फर्को मारेको छ ।

मदिरा मुक्त देश घोषणा गर्न जरुरी

नेपाल सरकारले सर्ने र नसर्ने रोगमुक्त गर्न दिर्घकालिन जीवनका लागि मान्छे जन्मदेखि मृत्यु अघिसम्म विभिन्न प्रकार खोप, औषधि र कार्यक्रम संचालन गर्दै आएको छ । तर करको माध्यमबाट पैसा कमाउन ज्यानमारा मदिरालाई रोक्न कुनै अभियान अघि बढाएको छैन ।

मदिराले मान्छेमा प्रत्यक्ष असर पार्ने भएको हुनाले छिमेकी राष्ट्र भारतको बिहार राज्यलाई मदिरा निषेधित राज्य घोषणा गरेर प्रतिबन्ध लगाइयो । तर नेपालमा संघ, प्रदेश वा स्थानीय कुनैपनि सरकारले मदिरा मुक्त गर्न पहल चालेको छैन ।

प्रदेश र स्थानीयले संघीय सरकारले इजाजत दिएर नै मदिरा कम्पनी संचालन गराउंदै आएकोमा मदिरा मुक्त घोषणा गर्न आफूहरुको अधिकारभन्दा बाहिरको क्षेत्र रहेको भन्दै पन्छिदै आएका छन । (श्रोत : विभिन्न संचार माध्यम)

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

ताजा खबर

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव