Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जानकी मन्दिरको जग्गा अतिक्रमण नगर्न उपमहागरपालिकालाई गुठीको निर्देशन


जनकपुरधाम, जानकी मन्दिर फुलबारी जग्गा बारे गुठी संस्थान जनकपुरले जनकपुरधाम उपमहानगरपालिकालाई अतिक्रमण नगर्न भनेको छ ।

नागरिक समाजका अगूवा मुरली मनोहर मिश्रले जानकी मन्दिरको जग्गा मिचेर सडक विस्तार गरिएको दिएको निवेदनमा आइतवार गुठी संस्थानले पत्राचार गरी सडक विस्तारको क्रममा मन्दिरको जग्गा नमिच्न निर्देशन दिएको छ ।

गुठी संस्थान अन्तर्गत रहेको जानकी मन्दिरको जग्गा अतिक्रमण हुन नपाउने गरी आवश्यक कारवाही गर्न गुठीको पत्रमा उल्लेख छ । सडक विस्तारको क्रममा उपमहानगरपालिकाले व्यक्तिको जग्गा बचाउन आपसी लेनदेनको आधारमा एकतर्फी रुपमा जानकी मन्दिर फुलबारीको जग्गा अतिक्रमण गरेको आरोप लाग्दै आएको छ ।

सो जग्गा प्रकरणमा तीन/तीन पटक सर्भे नापी समेत भइसकेको छ । तर त्यो नापजाँचमा मन्दिरको जग्गा मिचिएको देखिएपनि उपमहानगरपालिकाले त्यो निर्णय नमानेर बलजफ्ती गर्दै आएको छ । पहिलो पटकका नापीमा उपमहानगरपालिकाले आफ्नो उपस्थिति जनाएपछि दोश्रो नापजाँचमा उपस्थित भएन ।

घटना सम्बन्धमा कुरा गर्दै गुठी संस्थान जनकपुरका प्रमुख वैकुण्ठप्रसाद रेग्मीले भने नापजाँचमा जग्गा मिचिएको सम्बन्धी एक प्रतिवेदन समेत तयार भएको छ । त्यो प्रतिवेदन हामी कहाँ पुगेको छैन, गुठी संस्थान अन्तर्गत मन्दिर रहेपनि नापजाँचमा हामीलाई उपस्थित गराइएको छैन, तरपनि हामी मन्दिरका जग्गा नमिच्न उपमहानगरपालिका भनिसकेका छौ ।

जनकपुरधाम उपमहानगरपालिकाले एडीबी परियोजना अन्तर्गत निर्माणधीन सडक विस्तारको क्रममा व्यक्तिको निजि जग्गा बचाउन जानकी मन्दिर फुलबारीको करीब ४ कट्ठा १ धुर जग्गा अतिक्रमण गरेको मंगलवार सार्वजनिक गरिएको नापजाँच प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको प्रयासमा नापी कार्यालयद्वारा सरोकारवाला निकाय, बुद्धिजीवी र नागरिक समाजको रोहबरमा गरिएको स्थलगत नापचाँचबाट जानकी मन्दिर फुलबारीको सि.न. १३५५—२४ को कि.नं. ८ मा उत्तर मोडमा ४.८८ र ४.८५ मीटर, बीचमा ०.७० र पुर्व दक्षिण मोडमा ३ मीटर गरी कुल ०—०—४—१ धुर जग्गा अतिक्रमणमा परेको ठहर गरिएको छ ।

सो सि.नं. कि.नं. २५४ मा मात्र १ मीटर, २५५ मा ०.९० मी., १५० मा ०.७०, २५२ मा ०.६० मीटर मात्र जग्गा लिइएको छ । तर कि.नं. ३४, ३५, ६२, ६३, १३८ मा एक इन्च पनि जग्गा सडक विस्तारमा नलिइएको नापजाँच पश्चात तयार पारिएको प्रतिवेदनमा भनिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव