Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पुर्वप्रमद्वय नेपाल र भट्टराई जोगाएर गच्छेदार विरुद्ध मुद्दा चलाइयो (सूचीसहित)

गच्छेदार र ३ मन्त्री सहित १७५ सरकारी पदाधिकारी विरुद्ध मुद्दा दायर


लोक समाचारदाता
जनकपुरधाम, माघ २२ गते ।

बालुवाटार स्थित ललिता निवास सरकारी जग्गा विक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

तर सो जग्गा प्रकारणमा पूर्वप्रधानमन्त्रीद्वय तात्कालिन एमालेका माधवकुमार नेपाल र माओवादीका डा. बाबुराम भट्टराईलाई मुद्दा चलाएको छैन । मन्त्रीपरिषदले सामूहिक रुपमा गरेका निर्णयहरू आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै अख्तियारले तिनीहरु विरुद्ध मुद्दा चलाउनबाट इन्कार गरेको छ ।

‘तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान भएता पनि निजहरुको हकमा केही गरिरहनु परेन’, अख्तियारले आफ्नो निर्णयमा निर्णयमा भनेको छ । त्यति मात्र होइन सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल विरुद्ध पनि मुद्दा चलाउनु नपर्ने अख्तियारले निर्णय गरेको छ ।

अख्तियारले कम्युनिष्ट नेताहरुलाई छाडेर लोकतन्त्रवादी नेताहरु र तिनका समर्थकहरुलाई मात्र फंसाउन खोजेको कांग्रेसको आरोप रहेको छ । अख्तियार निष्पक्ष नभई सत्तामुखी भइ काम गरिरहेको आरोप समेत कांग्रेसको रहेको छ ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा गठित छानविन समितिले ललिता निवासको सरकारी जग्गा अवैध तरिकाले व्यक्तिका नाममा गरेको निश्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएपछि सरकारले २८ फागुनमा विवादित जग्गा रोक्का राख्ने निर्णय गरेको थियो ।

सो समितिकै प्रतिवेदनको आधारमा अख्तियार, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र भूमि सुधार मन्त्रालयले छुट्टाछुट्टै अनुसन्धान अगाडि बढाएको थियो । सीआईबीले मुलुकी ऐनको कीर्ति र ठगीसम्बन्धी कसूरमा अर्को मुद्दा दायर गर्ने तयारी गरेको छ । सीआईबीले तयार पारेको अनुसन्धान प्रतिवेदन १६ माघमा गृह मन्त्रालयमा बुझाइसकेको छ ।

अख्तियारले विशेष अदालतमा बुधबार अपरान्ह उक्त मुद्दा दर्ता गरेको हो । सीआइबीले बालुवाटारको सरकारी जग्गा व्यक्तिलाई बेच्ने काममा जग्गा दलालहरु रामप्रसाद सुवेदी र शोभाकान्त ढकालले प्रमुख भूमिका खेलेको जनाएको छ । अख्तियार स्रोतका अनुसार यो प्रकरणमा तीनजना पूर्वमन्त्रीहरु गच्छदार,डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध भ्रष्टाचार मुद्दा चलेको हो ।

अख्तियारले मुद्दा चलाएकामध्ये गच्छदार तत्कालीन भौतिक योजनामन्त्री हुन् । त्यसैगरि बस्न्यात अख्तियारका पूर्वप्रमुख आयुक्त तथा तत्कालीन भौतिक पूर्वाधारसचिव हुन् । त्यसैगरि श्रेष्ठ र जोशी भूमिसुधार मन्त्री हुन् । पन्त तत्कालीन भूमिसुधार सचिव हुन् ।

सीआईबीले सरकारी निर्णयलाई सही ठहर गर्दै तर कर्मचारीहरुले भूमाफियासँग मिलेर बालुवाटारको जग्गा विक्री गरेको प्रतिवेदन सरकारलाई दिएको थियो । बालुवाटारस्थित ललिता निवासको २१९ रोपनीमध्ये ११४ रोपनी जग्गा कर्मचारी र भूमाफियाले मिलेर विक्री गरेको ठहर सीआईबीले गरेको छ ।

सरकारी कर्मचारी र पदाधिकारीहरु

विजयकुमार गच्छदार, उप-प्रधानमन्त्री तथा मन्त्री, बिगो रु. ९,६५,७६,०००।-
डम्बर श्रेष्ठ, मन्त्री, बिगो रु. ९,६५,७६,०००।-
चन्द्रदेव जोशी, मन्त्री, बिगो रु. ७,०८,४८,०००।-
दीप बस्न्यात, सचिव, बिगो रु. ९,६५,७६,०००।-
छविराज पन्त, सचिव, बिगो रु. ९,६५,७६,०००।-
दिनेशहरि अधिकारी, सचिव, बिगो रु. ७,०८,४८,०००।-
तेजराज पाण्डे, सह-सचिव, बिगो रु. ७,०८,४८,०००।-
जीतबहादुर थापा, सह-सचिव, बिगो रु. ९,६५,७६,०००।-
हुपेन्द्रमणि केसी, उप-सचिव, बिगो रु. ३०,३९,९६,०००।-
विनोदकुमार गौतम, उप-सचिव, बिगो रु. ९,६५,७६,०००।-
लक्ष्मीनारायण उप्रेती, उप-सचिव, बिगो रु. ७,०८,४८,०००।-
कलाधर देउजा, प्रमुख मालपोत अधिकृत, बिगो रु. २२६८५५००।-
मुकुन्दप्रसाद आचार्य, भूमिसुधार महानिर्देशक, बिगो रु. ७५१००००।-
सुरेन्द्रमान कपाली, मालपोत अधिकृत, बिगो रु. २२६८५५००।-
धर्मप्रसाद गौतम, शाखा अधिकृत, बिगो रु. ७८,२४,२००।-
जगतप्रसाद पुडासैनी, नायब सुब्बा, बिगो रु. २,२६,८५,५००।-
युक्तप्रसाद श्रेष्ठ, खरिदार, बिगो रु. २,२९,५७,४००।-
रुद्रकुमार श्रेष्ठ, महानिर्देशक, बिगो रु. १३,२३,७२,०००।-
पुष्पराज उपाध्याय, निर्देशक, बिगो रु. १३,२३,७२,०००।-
इन्द्रप्रसाद ढुंगाना, शाखा अधिकृत, बिगो रु. १३,२३,७२,०००।-
टिकाराम घिमिरे, प्रमुख मालपोत अधिकृत, बिगो रु. १३,६५,७२,०००।-
टिकाबहादुर बिसी, नायब सुब्बा, बिगो रु. १३,२३,७२,०००।-
जीवनाथ पोखरेल, खरिदार, बिगो रु. १३,२३,७२,०००।-
अर्जुन भण्डारी, नायब सुब्बा, बिगो रु. १३,२३,७२,०००।-
मोहम्मद साबिर हुसैन, नापी अधिकृत, बिगो रु. ४२,००,०००।-
श्रीहरि पुडासैनी, नायब सुब्बा, बिगो रु. ४२,००,०००।-
श्यामकुमार क्षेत्री, खरिदार, बिगो रु. ४२,००,०००।-
हरिकृष्ण तिम्सिना, मालपोत अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
परशुराम पोखरेल, मालपोत अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
कृष्णप्रसाद पौडेल, शाखा अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
प्रकाश नारायण भट्ट, नायब सुब्बा, बिगो रु. ३२,१९,२०,०००।-
टंकनाथ पौडेल, नायब सुब्बा, बिगो रु. ३२,१९,२०,०००।-
प्रेमबहादुर खापुङ्ग, प्रमुख मालपोत अधिकृत, बिगो रु. ९,६५,७६,०००।-
अर्जुन खतिवडा, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-
शंकरप्रसाद सुवेदी, भूमिसुधार अधिकारी, बिगो रु. ९,६५,७६,०००।-
अंगर सिग्देल, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-
केदारप्रसाद श्रेष्ठ, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-
कमल घिमिरे, नापी अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
देवबहादुर लामिछाने, सर्भेक्षक, बिगो रु. ३२,१९,२०,०००।-
भरतचन्द्र अर्याल, अमिन, बिगो रु. ३२,१९,२०,०००।-
जनकबहादुर भण्डारी, नापी अधिकृत, बिगो रु. ९,६५,७६,०००।-
राजेन्द्रमान श्रेष्ठ, इञ्जिनियर, बिगो रु. ९,६५,७६,०००।-
बालकृष्ण श्रेष्ठ, सिनियर डिभिजन इञ्जिनियर, बिगो रु. ९,६५,७६,०००।-
सुरोजराज राजकणिर्कार, सुपरिटेण्डेण्ट इञ्जिनियर, बिगो रु. ९,६५,७६,०००।-
अशोकनाथ उप्रेती, महानिर्देशक, शहरी विकास, बिगो रु. ९,६५,७६,०००।-
हरिबोल आचार्य, मुख्य अधिकृत, बिगो रु. ७,०८,४८,०००।-
रामेश्वर विडारी, वरिष्ठ सहायक, बिगो रु. ७,०८,४८,०००।-
सेमन्तराज चापागाइँ, गुठी प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
तुलसी पोखरेल, सहायक प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
हेमराज सुवेदी, सह-प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
हरिप्रसाद जोशी, उप-प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
बलिरामप्रसाद तेली, गुठी प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
दिलिपकुमार भट्ट, का.मु. गुठी प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
नवराज पौडेल, सहायक, बिगो रु. ७,०८,४८,०००।-
शैलेन्द्र पौडेल, सहायक प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
जयप्रसाद रेग्मी, उप-प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
फणिन्द्रप्रसाद दाहाल, नायब सुब्बा, बिगो रु. ७,०८,४८,०००।-
मणिकुमार राना, नायब सुब्बा, बिगो रु. ७,०८,४८,०००।-
बद्रीबहादुर कार्की, शाखा अधिकृत, बिगो रु. ७,०८,४८,०००।-
दिनेशप्रसाद शर्मा, प्रमुख मालपोत अधिकृत, बिगो रु. ७,०८,४८,०००।-

जग्गा धनी र मोही

रुक्म शम्शेर जबरा, बिगो रु. ८,२७,८२,०००।-
हाटक शम्शेर जबरा, बिगो रु. १,३५,२२,०५०।-
हेमन शम्शेर जबरा, बिगो रु. १,३५,२२,०५०।-
सुनिती राणा, बिगो रु. ८,६९,८२,०००।-
शैलजा राणा, बिगो रु. ९,६३,०४,०५०।-
हेमाद्री शम्शेर जबरा, बिगो रु. ४२,००,०००।-
बिलबहादुर महर्जन, बिगो रु. ३,००,०००।-
हर्ष महर्जन, बिगो रु. ४४,८०,०००।-
डीएल डेभलपर्स प्रा.लि., बिगो रु. ५,४४,००,०००।-
माधवी सुवेदी, बिगो रु. ९१,२०,०००।-
उमाकुमारी ढकाल्नी, बिगो रु. ९१,२०,०००।-
श्रीकृष्ण महर्जन, बिगो रु. १,९०,४०,०००।-
चमेली श्रेष्ठ, बिगो रु. ३,२८,००,०००।-
कान्छा महर्जन, बिगो रु. ५२,८०,०००।-
देवनारायण महर्जन, बिगो रु. २,९७,६०,०००।-
तीर्थमाया महर्जन, बिगो रु. ६७,२०,०००।-
रेना गुरुङ्ग, बिगो रु. २,२७,२०,०००।-
बाबुराजा महर्जन, बिगो रु. ३,४४,००,०००।-
मचानानी महर्जना, बिगो रु. १,५५,२०,०००।-
ग्वाराभाइ महर्जन, बिगो रु. १,८८,८०,०००।-
द्वारिकामान महर्जन, बिगो रु. ३,५८,७२,०००।-
रजनी पनेरु, बिगो रु. ४०,००,०००।-
बाबा कार्की, बिगो रु. ३,२८,००,०००।-
अगम ढुंगाना, बिगो रु. ३,२८,००,०००।-
खेमलाल खरेल, बिगो रु. ३,२८,००,०००।-
मिनबहादुर गुरुङ, भाटभटेनी, बिगो रु. ११,२०,००,०००।-
लक्ष्मी ढकाल, बिगो रु. ३,२८,००,०००।-
तीर्थमाया महर्जन, बिगो रु. ३,९०,४०,०००।-
देवरानायण महर्जन, बिगो रु. ३,०६,७२,०००।-
मोहन महर्जन, बिगो रु. २,६२,०८,०००।-
सञ्जयकुमार महर्जन, बिगो रु. २७,३६,०००।-
सकुलानन्द महर्जन, बिगो रु. २७,३६,०००।-

सरकारी जग्गा कमिसनमा लिनेहरु

शोभाकान्त ढकाल, बिगो रु. ३९,२७,६८,०००।-
रामकुमार सुवेदी, बिगो रु. ५२,५१,४०,०००।-
मिनबहादुर गुरुङ, बिगो रु. ३९,२७,६८,०००।-

इन्द्रबहादुर थापा क्षेत्री, बिगो रु. ६,२३,५००।-
शान्ति मल्ल प्रधानाङ्ग, बिगो रु. ६,२३,५००।-
मिठुदेवी चापागाईँ, बिगो रु. ६,२३,५००।-
सरस्वतीकुमारी श्रेष्ठ, बिगो रु. ६,२३,५००।-
निर्मलादेवी श्रेष्ठ, बिगो रु. २,७१,९००।-
मोहनप्रसाद भट्टराई, बिगो रु. ४,६४,२००।-
बैकुण्ठ शर्मा रेग्मी, बिगो रु. १,५०,०००।-
खिमादेवी आङबुहाङ, बिगो रु. २,८६,०००।-
शशिकला सुब्बा, बिगो रु. १,७८,२००।-
विद्या पौडेल गौतम, बिगो रु. १,३१,३००।-
सोदा कुमारी चापागाईं, बिगो रु. ९३,७५०।-
भुवन कुमारी चापागाईं, बिगो रु. ७,५९,४००।-
उर्मिला शाह, बिगो रु. २,८६,०००।-
रामनाथ घिमिरे, बिगो रु. १,७८,२००।-
रामकल्याण अधिकारी, बिगो रु. ७,५९,४००।-

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव