लोक समाचारदाता
जनकपुरधाम, माघ १९ गते।
समाचार संकलनको क्रममा जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारमाथि भएको दुर्व्यवहार एवं कुटपिट घटनामा संलग्न रहेको आरोपमा व्यवसायी धर्मेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ।
आईतवार धनुषा प्रहरीले रूफटप होटलका संचालक साहलाई उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा पत्रकारहरूमाथि भएको दुर्व्यवहार एवं कुटपिट घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो।
गत पुस २२ गतेका दिन जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमण घटनाबारे प्रतिक्रिया लिन पुगेका पत्रकारहरूमाथि मेयर साहको कार्यकक्षमा कुटपिट तथा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रमाथि दुर्व्यवहार गरिएको थियो।
सो घटनामा कान्तिपुर टीभीका अमरकान्त ठाकुर, उज्यालोका सुभाष कर्ण, देश संचारका राजा झा, एबीसी टीभीका सुमित मिश्र सहितका पत्रकार घाइते भएको थियो।
किटानी जाहेरी परेका मध्ये अझै दुईजना फरार रहेको बुझिएको छ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !